दुलारी बचत तथा ऋण सहकारी सस्थाको २६ औँ साधारण सभा

0
56

बिराटनगर,

थोपा थोपा मिलेर समुद्र बन्छ,थोरै बचत गरे भोलि काम लाग्छ भन्ने मूल उदेश्यका साथ २०५४ सालमा स्थापना भएको मोरङको दुलारी बचत तथा ऋण सहकारी सस्थाको २६ औँ वार्षिक साधारण सभा सम्पन्न भएकाे छ। संस्थाका अध्यक्ष हेमन्त कार्की अध्यक्षतामा सुन्दरहरैचा – ३ मा साधारणसभा सम्पन्न भएकाे हाे।

साधारण सभाका प्रमुख अतिथि तथा सुन्दरहरैचा नगर प्रमुख केदार प्रसाद गुरागाईले आर्जनको बित्तीय सूचकमाथि टिप्पणी गर्दै यस्तो बित्तीय सूचक रहेको संस्थामा ढुक्कसँग बचत गर्न शेयर सदस्यहरुलाई आग्रह गरे।

उनले शेयर पुँजीको अनुपातमा बचत वृद्धि गर्नसमेत सुझाव दिए। देशमा रहेका केहि सहकारीले बदमासी गरेको समाचार आइरहेको बेला दुलारी बचत तथा ऋण सहकारी सस्थाले २९ करोडको लगानी योग्य पुँजी निर्माण गर्न सफल भएको भन्दै खुशी व्यक्त गरे । सहकारीमा कुनै समस्या भए नगरपालिका आउन आग्रह गर्दै नगर प्रमुख गुरागाईले सबै बसेर समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रमका विशिष्ट अतिथि जिल्ला बचत तथा ऋण सहकारी संघ मोरङका उपाध्यक्ष एकराज निरौलाले सहकारीको सिद्धान्तअनुसार समाजप्रति उत्तरदायी हुनुपर्ने बताउदै आवश्यक परेको बेलामा जिल्ला बचत तथा ऋण सहकारी संघ जस्तोसुकै सहयोग गर्न तत्पर रहेको बताए।

बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष हेमन्त कार्कीले २०५४ साल चैत्र ३१ गते जिल्ला डिभिजन सहकारी कार्यालय मोरङबाट ३८ जना व्यक्तिहरुको सामुहिक सोच र सहकारीको भावनाले खोलेको सहकारीमा अहिले १ हजार ९ सय सदस्य रहेको जानकारी दिए।

कार्यक्रममा सस्थाका कोषाध्यक्ष राजेन्द्र कार्कीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै शेयर पूंजी ३ करोड १८ लाख ४६ हजार रुपैयाँ पुगेको बताए । संस्थाले बचततर्फ २० करोड २५ लाख ४७ हजार ७ सय ८४ रहेको छ। कार्यक्रममा सदस्य भित्रका जेष्ठ नागरिक र एसईई लगायत उच्च शिक्षामा उत्कृस्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान गरिएको थियो।

कार्यक्रममा विशिष्ट अतिथि सुन्दरहरैचा – ३ का वडा अध्यक्ष बिदुर ढुंगाना लगायत सस्थाका सदस्यहरुको ठूलो मात्रामा उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन सस्थाका सचिव कृष्ण प्रसाद भुर्तेलले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here