ताप्लेजुङ झापा सरोकार समाज विर्तामोड नगर समितिमा सिटौला

0
367

बिर्तामोड । ताप्लेजुङ झापा सरोकार समाज विर्तामोड नगर समितिको दोस्रो अधिवेशनले तेजप्रसाद सिटौलालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।
समितिको विर्तामोडमा सम्पन्न अधिवेशनले अध्यक्षमा सिटौला, उपाध्यक्षत्रयमा देवीप्रसाद खरेल, तारा कार्की र तारा चापागाईं चयन भएका छन् ।
त्यस्तै सचिवमा विष्णाुप्रसाद चापागाईं, सहसचिवमा प्रकाश भट्टराई र कोषाध्यक्षमा पुष्पा प्रसाईं चयन भएको निर्वाचन समितिका संयोजक रुद्र सिटौलाले जानकारी दिनुभयो ।
समितिको सदस्यहरूमा हरि सिटौला, रत्नकुमार श्रेष्ठ, कृष्णकला खरेल, कमला कार्की, शेरबहादुुर मादेन र भिमबहादुर मोक्तान, तामाङ रहेका छन् । १९ सदस्यीय नगर कार्यसमितिमा प्रतिनिधित्व हुन नसकेका वडाबाट कार्यसमितिको बैठकले मनोनयन गर्ने बताइएको छ । नयाँ नेतृत्व चयनका लागि रुद्र सिटौलाको संयोजकत्वमा रेजिना गौतम र लक्ष्मी खरेल सदस्य रहेको तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो ।
यसअघि समाजको दोस्रो अधिवेशन तथा शुभकामना आदानप्रदान कार्यक्रमको बिर्तामोड कार्यक्रमका प्रमुख अतिथि तथा बिर्तामोड नगरपालिका वडा नं ५ का वडाध्यक्ष रोहित प्रसाईंले दिप प्रज्ज्वलन गरेर उद्घाटन गर्नु भएको थियो ।
नगर समिति अध्यक्ष तेजप्रसाद सिटौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजको सांगठानिक प्रतिवेदन अध्यक्ष सिटौला र आर्थिक प्रतिवेदन कोषाध्यक्ष पुष्पा प्रसाईँले प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत प्रतिवेदन सर्वसम्मत रुपले पारित भएको सहसचिव प्रकाश भट्टराईले जानकारी दिनुभयो । कार्यक्रममा नशा सम्बन्धी रोगले पीडित भइ औषधोपचारमा आर्थिक समस्या खेपीरहेका दिलेन्द्र खड्कालाई नगद १६ हजार बढी सहयोग प्रदान गरिएको थियो । कार्यक्रममा समाजले स्थापना गरेको अक्षयकोषमा रहने गरी आठ्राई त्रिवेणी गाउँपालिकाको फुलबारी थाकथलो भएका प्रमुख अतिथि प्रसाईले आफ्नो जन्मोत्सबको दिन कर्मको डोरीमा भावनाको साइनोलाई दर्विलो बनाउनका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले नगद २१ हजार दिने घोषणा गर्नुभयो । प्रमुख अतिथि प्रसाईको आजै जन्मदिन परेको थियो ।
कार्यक्रममा ताप्लेजुङ झापा सरोकार समाज झापाका अध्यक्ष होमप्रसाद काफ्ले, सल्लाहकार लक्ष्मीप्रसाद खरेल, रेजिना गौतम, अर्जुनधारा नगर समितिका अध्यक्ष राजकुमार गौतम लगायतले शुभकामना मन्तव्य राखेका थिए।
कार्यक्रममा ताप्लेजुङ झापा सरोकार समाज जिल्ला समितिका, उपाध्यक्ष शिव खरेल, सचिव उमानाथ प्याकुरेल, सहसचिव डिआर कडरिया, सल्लाह लक्ष्मीप्रसाद खरेल, पार्वता विमली, टंक सिटौला, रोसन अग्रवाल लगायतको उपस्थिति रहेको थियो ।
समितिका सचिव विष्णु थापाले गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष तारा चापागाईंले गर्नुभएको कार्यक्रममा ज्येष्ठ नागरिकहरु ८१ वर्षिय अग्नीप्रसाद खतिवडा र ७३ बर्षिया रेनुका सिटौला उप्रेतीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here