पथरी शनिश्चरे,
मोरङको पथरी शनिश्चरे नगरपालिकाले न नेपालीहरूको महानचाड बडा दशैं तिहार छठ जस्ता चाडबाड नजिकैसँगै बजार अनुगमन कार्यलाई तीव्रता दिएको छ।
पथरी शनिश्चरे नगरकी उप–प्रमुख एवं अनुगमन समितिका संयोजक देविमाया काफ्लेको संयोजकत्वमा केही दिन यता पथरी बजारमा रहेका विभिन्न उद्योग, खुद्रा तथा किराना , माछा पसल आदिको अनुगमनलाई तीव्रता दिईरहेको हो।
आज सोमबार पनि नगरपालिकाको वडा नं. १ पथरी बजारमा रहेका विभिन्न खाद्यान्न पसल, माछा पसल तथा होटलहरूको अनुगमन गरिएको थियो । अनुगमनका क्रममा विशेषज्ञ सहितको टोलीले ३५ वटा किराना पसल तथा माछा पसलहरूको अनुगमन गरी म्याद नाघेका अखाद्यान्न आइटम, पेय पदार्थहरु डिस्पोज गरेको थियो ।
यसैगरी, फर्मालिन नामक विषादी प्रयोग गरिएका अखाद्य माछा पसलहरु फ्रिजमा राखेको र गनाउने अवस्थामा भेटेपछि ती माछाहरु नियन्त्रणमा लिई डिस्पोज गरिएको थियो। सोही क्रममा नगर भित्र पसल दर्ता भए नभएको र नवीकरण नभएकाहरुलाई तुरुन्त नवीकरण गर्न निर्देशन दिइएको थियो ।
सो अनुगमनमा अनुगमन समितिका सदस्य एवं वडा नं. ९ का अध्यक्ष वीरबहादुर राई, वडा नं. १ का अध्यक्ष भीम राई,, नगरका राजश्व शाखा प्रमुख ताराप्रसाद ढकाल, स्वास्थ्य शाखा सिअहेव अधिकृत एकराज खत्री, प्राविधिक सहायक पशुपंक्षी शाखाका जनक चौधरी, इप्रका पथरीका प्रहरीहरू र नगर प्रहरीहरूको सकृय सहभागिता रहेको थियो । अनुगमन टोलीले दशैं अगाडि नै शनिश्चरे बजार र हसन्दह बजारलाई पनि निरन्तर अनुगमन गर्ने जनाएको छ।