झापा, झापाको बिर्तामोड ५ मा मुख्य कार्यलय रहेको श्री राम जानकी बचत तथा ऋण सहकारी संस्थाले १६ औं वार्षिक साधारण सभाका अबसरमा १० जनालाई सम्मान गरेको छ ।
संस्थाले मंगलवार बिर्तामोडमा साधारण सभाका अबसरमा उत्कृष्ट बचत कर्ता, उत्कृष्ट कर्जा असुलीकर्ता र दुई जना कर्मचारीलाई सम्मान गरेको हो । सम्मानित हुनेहरुमा कामाटोली सेवा केन्द्रका उत्कृष्ट बचत कर्ता रञ्जित कुमार राजवंशी, शनिश्चरे सेवा केन्द्रकी सुस्मिता खतिवडा, चन्द्रगढी सेवा केन्द्रकी जरिना खातुन, माइधार सेवा केन्द्रकी उमादेवी सुवेदी रहेका छन् ।
त्यस्तै उत्कृष्ट कर्जा असुलीकर्ताका रुपमा मुख्य कार्यलयकी निर्मला राई, सुरुङ्गा सेवा केन्द्रकी कल्पनादेवी गुरुङ, हल्दिवारी सेवा केन्द्रकी रत्नमाया तामाङ, चकचकी सेवा केन्द्रका वीर वहादुर सापकोटा रहेका छन् ।
त्यस्तै उत्कष्ट कर्मचारीका रुपमा कामाटोली सेवा केन्द्रकी क्यासियर सविना कुमारी तामाङ र सुरुङ्गा सेवा केन्द्रकी बजार प्रतिनिधि लता भट्टराई छन् ।
संस्थाका अध्यक्ष भीम प्रसाद राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघ झापाका अध्यक्ष तथा प्रमुख अतिथि गणेश ढकाल, विशिष्ट अतिथि जिल्ला वचत संघका वरिष्ट उपाध्यक्ष उपेन्द्र प्रसाद ओली, लगायतले सम्मानित व्यक्तित्वहरुलाई नगद सहित सम्मान पत्र प्रदान गरेका थिए ।
संस्थाका कोषाध्यक्ष जीवन सुवेदीले गरेको कार्यक्रममा श्री सुनकोसी साकोसका अध्यक्ष गंगाराम ओडारी, संस्थाका पूर्व अध्यक्ष घनश्याम पौडेल, पत्रकार गोपाल काफ्ले लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन संस्थाका व्यवस्थापक शुक्रराज भण्डारीले गरेका थिए ।
मुख्य कार्यलय सहित आठवटा सेवा केन्द्रबाट कारोवार गर्दै आएको सहकारीले अन्तिम माइन्युट प्रमाणिकरणसंगै साधारण सभा सम्पन्न गरेको हो ।
आर्थिक वर्ष २०८०÷०८१ सम्ममा नौं हजार नौं सय ७३ जना शेयर सदस्य रहेको संस्थाको शेयर पूँजी दुई करोड ५ लाख ३५ हजार ६ सय रहेको संस्थाका अध्यक्ष राजवंशीले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।
उनले प्रस्तुत गरेको प्रतिवेदन अनुसार संस्थाको जगेडा कोष तथा अन्य कोषहरुमा एक करोड २७ लाख एक हजार एक सय १४ रुपैयाँ ७० पैसा , कुल निक्षेप÷ बचत २१ करोड ४४ लाख ७२ हजार नौ सय ९५ रुपैयाँ ८० पैसा , विभिन्न क्षेत्रमा गरिएको लगानी १३ लाख २३ हजार एक सय ४४ रुपैयाँ १३ पैसा , कुल ऋण लगानी २२ करोड ४३ लाख ५९ हजार नौ सय १४ रुपैयाँ ९७ पैसा , संस्थाको स्थिर सम्पत्ति ७३ लाख ८६ हजार ५९ रुपैयाँ ३० पैसा, संस्थाको कुल वसलात २५ करोड २ लाख ३९ हजार २ सय ६ रुपैयाँ ३७ पैसा रहेको छ ।































