धरान ।
मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा सुरु भएकाे मेचीमहाकाली राष्ट्रिय उद्धार यात्रा अन्तर्गत बुधबार ८ जना मानवहरुकाे उद्धार गरिएकाे छ ।
‘यो पटककाे चाडपर्वमा कसैले बस्न नपराेस् सडकपेटीमा’ भन्ने नारासहित सुरु भएकाे यात्रा ३२ दिनसम्म सञ्चालन हुनेछ । उद्धार यात्राका क्रममा उद्धार टाेली आज सुनसरीकाे दुहबी, इटहरी, धरानका विभिन्न स्थानका सडकपेटी तथा सार्वजनिक स्थलमा बेवारिसे अवस्थामा भेटिनुभएका मानवहरुकाे उद्धारमा खटिएकाे हाे ।
बुधबार सुनसरीकाे दुहबी नगरपालिका-७ बाट १ जना, इटहरी उपमहानगरपालिकाका विभिन्न वडाबाट ७ जना र धरानबाट ४ गरि १२ जनाकाे उद्धार भएकाे मानवसेवा अाश्रमका केन्द्रीय संस्थापक अध्यक्ष रामजी अधिकारीज्यूले बताउनुभएकाे छ ।
यात्राकाे पहिलाे दिन सोमबार झापाका विभिन्न क्षेत्रबाट १०, दाेस्राे दिन ६ जना सडकअाश्रित मानवहरुकाे उद्धार गरिएकाे थियाे । उद्धार गरिएका सडकअाश्रित मानवहरुकाे मानवसेवा अाश्रम विराटनगर सेवाकेन्द्रमा आज नै संरक्षणकाे लागि पठाइएकाे छ । साथै भाेलि बिहिबार उदयपुर जिल्ला वरपरका सडकपेटी तथा सार्वजनिक स्थलमा कष्टकर जीवन बिताउन बाध्य हुनुभएका मानवहरुकाे उद्धार गरिने कार्यक्रम रहेकाे छ ।
उद्धार यात्रामा वरिष्ठ गायिका तथा समाजसेवी आनी छोइङ डोल्माज्यू र मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीज्यूसहित ४७ जना यात्रीहरू रहनुभएकाे छ । मानवसेवा आश्रमले सातै प्रदेशका १९ वटा जिल्लामा २५ वटा सेवाकेन्द्र विस्तार गर्दै सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार, उपचार, संरक्षण तथा सुन्दर पारिवारिक पुनर्मिलन गराउदै विगत १२ वर्षदेखि मानवीयता प्रबद्र्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको गैरनाफामूलक सामाजिक संस्था हो ।
याे पटकको मेचीमहाकाली राष्ट्रिय उद्धार यात्राले मानवसेवा आश्रमले ८२ सालभित्र सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र निर्माण गर्न लिएको संकल्पलाई सघाउने आश्रम विश्वास गरेकाे छ ।