अर्जुनधारामा फलामको गेटले किच्दा बालकको मृत्यु

0
21

बिर्तामोड ।

झापाको अर्जुनधारामा फलामको गेटले किच्दा एक बालकको मृत्यु भएको छ ।

अर्जुनधारा–६ स्थित मामा घरमा पाहुना आएका सवनम मास्कराका २ वर्षीय छोरा शिवयम मस्करालाई घरको गेटले किचेको थियो ।

आमा श्रेया अग्रवालका साथमा मामा ऋषि अग्रवालको घर आएका बालकलाई खेल्ने क्रममा घरको गेटले किचेर गम्भिर घाइते भएको थियो ।

उनलाई तत्काल बिर्तामोड स्थित बीएण्डसी अस्पताल पु¥याए पनि उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घटनाका सम्बन्धमा अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here