मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा : कोशी प्रदेशबाट ४४ जनाकाे उद्धार

0
6

उदयपुर ।

‘यो पटककाे चाडपर्वमा कसैले बस्न नपराेस् सडकपेटीमा’ भन्ने मूल नाराका साथ मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा सुरु भएकाे मेचीमहाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत बिहीबार १६ जनाकाे उद्धार गरिएकाे छ ।

३२ दिनसम्म सञ्चालन हुने उद्धार यात्राका क्रममा बिहीबार उदयपुर जिल्लाका विभिन्न स्थानहरुबाट १६ जनाकाे उद्धार भएकाे हाे । जसमध्ये बेलका नगरपालिकाबाट ६ जना, चाैदन्डीगढी नगरपालिकाबाट ७ जना, त्रियुगा नगरपालिकाबाट १ जना, कटारी नगरपालिकाबाट २ जना गरि १६ जनाकाे उद्धार गरिएकाे हाे ।

उद्धार हुनुभएका ८ जना पुरुष र ८ जना महिलालाई अाजै स्थान्तरण गरि मानवसेवा अाश्रमकाे विराटनगर शाखामा लगिएकाे छ । उद्धार टाेली बिहीबार उदयपुर जिल्लाकाे विभिन्न ठाउँहरुमा बेवारिसे अवस्थामा रहनुभएका मानवहरुकाे उद्धार सेवाामा खटिएकाे हाे ।

असाेज २८ गतेबाट पूर्वकाे मेचीनगरनगर नगरपालिकाबाट सुरु भएकाे यात्राकाे चाैथाेदिन कार्तिक १ गतेसम्मकाे अवधिमा उदयपुरकाे गाईघाटसम्म अाइपुग्दा काेसी प्रदेशबाट ३५ पुरुष र ९ महिला गरी ४४ जनाकाे उद्धार गरिएकाे हाे ।

यात्राकाे पहिलाे दिन मेचीनगर नगरपालिकाबाट ४ जना, बिर्तामोड नगरपालिकाबाट २ जना, कन्काई नगरपालिकाबाट २, शिवसताक्षी नगरपालिकाबाट २, दमक नगरपालिकाबाट २ गरि झापाबाट १२ जनाकाे उद्धार गरिएकाे थियाे ।

त्यस्तै यात्राकाे दाेस्राे दिन बेलबारी नगरपालिकाबाट २ जना, ग्रामथान गाउँपालिकाबाट १ जना र विराटनगर महानगरपालिका १ गरि माेरङ जिल्लाबाट ४ जना र तेस्राे दिन दुहबी नगरपालिकाबाट १ जना, इटहरी उपमहानगरपालिकाबाट ७ जना, धरान उपमहानगरपालिकाबाट ४ जना गरि सुनसरी जिल्लाबाट १२ जना र अाज उदयपुर जिल्लाबाट १६ गरि काेसी प्रदेशअन्तर्गत ४४ जना सडकअाश्रित मानवहरुकाे उद्धार गरिएकाे मानपसेवा अाश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारी ले बताउनुभएकाे छ ।

साथै शुक्रबार मधेश प्रदेशका जिल्लाका सडकपेटी तथा सार्वजनिक स्थलमा कष्टकर जीवन बिताउन बाध्य हुनुभएका मानवहरुकाे उद्धार गरिने कार्यक्रम रहेकाे छ । उद्धार यात्रामा वरिष्ठ गायिका तथा समाजसेवी आनी छोइङ डोल्मा र मानवसेवा आश्रमका अध्यक्ष  अधिकारीसहित ४७ जना यात्रीहरू रहनुभएकाे छ ।

मानवसेवा आश्रमले सातै प्रदेशका १९ वटा जिल्लामा २५ वटा सेवाकेन्द्र विस्तार गर्दै सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार, उपचार, संरक्षण तथा सुन्दर पारिवारिक पुनर्मिलन गराउदै विगत १२ वर्षदेखि मानवीयता प्रबद्र्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको गैरनाफामूलक सामाजिक संस्था हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here