कोशीका चार जिल्लाबाट लागूऔषधसहित १० जना पक्राउ

0
1

विराटनगर ।

झापा, सुनसरी, भोजपुर र धनकुटाबाट लागूऔषध ब्राउन सुगरसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सुनसरीको कोशी गाउँपालिका–१ स्थितमा इलाका प्रहरी कार्यालय लौकही र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले ५ ग्राम ९२० मिलिग्राम ब्राउन सुगर सहित बेचबिखनमा संलग्न सप्तरी राजवीराजका १९ बर्षीय रोहित कुमार मण्डल, इटहरीका ३६ बर्षीय अग्रदिप चौधरी र ३० बर्षीय नरेश चौधरीलाई पक्राउ गरेको छ ।

त्यसैगरी प्रहरी चौकी हिले धनकुटाले धनकुटा नगरपालिका–१ बाट पैदल यात्री स्थानीय २५ बर्षीय फुर्वा तामाङ, २७ बर्षीय छितेन तामाङ, २७ बर्षीय सोनाम तामाङ र महालक्ष्मी नगरपालिका–९ का २८ बर्षीय मनोज भण्डारीलाई १८ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

उता भोजपुरको अरुण गाउँपालिका–६ जरायोटार स्थितमा बा ३ ख २५४९ नम्बरको बसलाई प्रहरी चौकी जरायोटारबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भोजपुर नगरपालिका–९ का २५ बर्षीय अमुल राईलाई ३ ग्राम ६१० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो ।

यता लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा झापाको प्रहरी टोलीले दमक नगरपालिका–५ का ३५ बर्षीय रुपेन्द्र भण्डारी र ३४ बर्षीय नारायणबहादुर बस्नेतलाई २ ग्राम ब्राउन सुगरसहित मेचीनगर नगरपालिका–६ बाट पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कामर्यालय विराटनगरले जनाएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here