चापागाईद्वारा वाणिज्य संघलाई ५१ हजार प्रदान

0
11

झापा, जन्मोत्सवको अवसर पारेर सञ्जीव चापागाईले बिर्तामोड उद्योग वाणिज्य संघलाई ५१ हजार रुपैयाँ प्रदान गरेका छन् ।
संघले स्थापना गरेको व्यवसायी राहत कोष वृद्धिका लागि सीटी कम्युनिकेशन कन्सलटेण्डसीका सञ्चालक समेत रहेका चापागाईले आर्थिक सहयोग गरेका हुन् । उनले बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेलाई चेक हस्तान्तरण गरेका थिए ।
संघको कार्यालयमा आयोजित कार्यक्राकाबीच चापागाईले चेक हस्तान्तरण गरेका थिए । सो कार्यक्रममा चापागाईको सु–स्वास्थ्य र दीर्घायुको कामना गर्दै जन्मोत्सव मनाईएको थियो । संघका अध्यक्ष न्यौपानेले चापागाईलाई संघले स्थापना गरेको कोषमा रकम वृद्धिका लागि सहयोग पु¥याएसंगै कदरपत्र प्रदान गरेका थिए ।
कार्यक्रमको सञ्चालन संघका महासचिव कुशल खतिवडाले गरेका थिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here