मृगौला पिडित यमनाथद्वारा सहयोगको याचना

0
2

शनिश्चरे ,

मोरङको पथरीशनिश्चरे–७ कोसेली चोक निवासी ६५ वर्षिय यमनाथ शर्मा भट्टराई दुवै मृगौला फेल भएर उपचारका लागि सहयोग मागिरहेका छन् ।

विगत १० वर्षदेखि उनी दुवै मृगौला फेल भएर आयुर्वेदिक औषधीको भरमा बाँचिरहेका भट्टराईले पछिल्लो दिनमा विमारले च्याप्दै गएपछि थप उपचारका लागि सहयोगको याचना गरेका हुन् ।

सुरुमा सिलिगुडीको पतञ्जली अस्पताल, धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा, पथरी नगर अस्पताल हुँदै अरनिको अस्पताल उर्लाबारीमा समेत उपचारको प्रयास गरेको उनले बताए ।

उपचारका लागि हालसम्म ७-८ लाख रुपैयाँ खर्च भइसकेको बताएका छन् । उनका घरमा अशक्त श्रीमती रहेको भट्टराईले बताए । उनलाई सहयोग गर्न चाहनुहुने महानुभावहरुले ९८२७०३१०१७ र ९७०६१३५०९८ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here