दमकमा जग्गा विवाद हुँदा एक व्यक्तिको हत्या, हत्यामा संलग्नको खोजी शुरु

0
169

झापा ।

झापाको दमकमा जग्गा सम्बन्धी विवादमा दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएपछि घटनामा संलग्नहरुको खोजी तीब्र बनाएको प्रहरीले जनाएको छ ।

दमक– ३ मा घडेरीको निहुँमा झडप भएको बताइएको छ । झडपमा परी दमक ९ का ३७ वर्षीय देशु भनिने यमु निरौलाको मृत्यु भएको दमक प्रहरीले जनाएको छ । गम्भिर घाइते निरौलालाई उपचारका लागि आम्दा अस्पताल ल्याइएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटना सम्बन्धमा अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । निरौलाको हत्यामा संलग्नहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण कुमार चन्दले जानकारी दिए ।

उनलाई तत्काल नाम ,थर, वतन नखुलेका २–३ जना व्यक्तिले लाती तथा मुड्की प्रहार गरी हत्या गरेको सीसीटीभी फुटेजमा देखिएको दमक प्रहरीले जनाएको छ । तर , अहिलेसम्म कसैलाई पनि पक्राउ गर्न नसकिएको दमकका प्रहरी नायव उपरीक्षक निशान थापाले बताए । निरौलाको शव कानुनी प्रक्रिया पुरा गरी पोस्टमार्टमको लागि दमक अस्पताल पठाइएको छ ।

क्रसर संचालन रहेको मावा खोलाको बगरको ऐलानी जग्गाको विषयमा विवाद भएको हुनसक्ने आशंका गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here