झापा, वरिष्ट गीतकार शिव शंकर थापाको एकल गीती साझ ‘एक मुटु अनेक ढुक्ढुकी’ बिर्तामोडमा सम्पन्न भएको छ ।
पूर्वाञ्चल कलाकार समाजको आयोजनामा बिर्तामोडस्थित आदर्श ब्याङ्क्वेटमा एकल गीती साझ भएको हो । पूर्वाञ्चल कलाकार समाजका अध्यक्ष कृष्ण योञ्जनको अध्यक्षतामा भएको कार्यक्रमको संयोजक मोनिका चुडाल(मेनुका)ले गरेकी थिइन् । 
सो अवसरमा समाजले वरिष्ट गीतकार शिव शंकर थापासहित बाध्यवाधक विमल बुढाथोकी, बाँसुरी बाधक मित्र मगर, गिटार बाधक अनिल रसाइली, फिरोज तवला बाधक सन्देश ढुङ्गाना, अक्टोप्याङ मनोज चौधरी , गायक वलराम समाल , सुसिना राई, युवराज पोर्तले गायत तथा संगीतकार हेमा भण्डारी, मानिका चुडाल, नवदीत गायक मनिल राई लाई सम्मान गरिएको थियो ।

गायक वलराम समाल, युवराज पोर्तेल, हिमा भण्डारी, मोनिका चुडाल, सुसिना राई, मनिल राईले शिवशंक थापाका चर्चित गीत गाएका थिए । गीतकार थापालाई विभिन्न संघ संस्थाहरुले सम्मान गरेका थिए ।
कार्यक्रममा थापाका रचनाका विषयमा चर्चा गरिएको थियो । कार्यक्रमको सञ्चालक सुनिता तामाङले गरेकी थिइन् ।































