पथरी शनिश्चरेमा भजन किर्तन प्रतियोगिता सम्पन्न

0
181

पथरीशनिश्चरे ।

मोरङको पथरी शनिश्चरे वडा नं ३ आइतबारेमा आफ्नो मौलिकता र संस्कृतिको जोगाउने उद्देश्यले खुल्ला भजन किर्तन प्रतियोगिता सम्पन्न भएको छ।

शनिबार मोरङको पथरी शनिश्चरे वडा नं ३ को आइतबारेमा महिला जागरुक हरिकिर्तन समूह तथा सङ्गीनी समूहको संयुक्त आयोजनामा उक्त कार्यक्रम आयोजना भएको हो। पथरी शनिश्चरे वडा नं ३ को वडा कार्यालयको मुख्य सहयोगमा आयोजित सो प्रतियोगितात्मक भजन किर्तन कार्यक्रममा नगरभित्रका नगरभित्रका १२ वटा भजन किर्तन टोलीले सहभागिता जनाएका थिए।

पथरी शनिश्चरे वडा नगरपालिकाकी उपप्रमुख देविमाया काफ्लेको प्रमुख आथित्यतामा गरिएको सो कार्यक्रममा सभापतित्व महिला जागरुक हरिकेतन समुह तथा संगीनी समूहकी अध्यक्ष देवीमाया पोखरेलले गर्नु भएको थियो। र, कार्यक्रम सञ्चालक यसोदा पोखेल हुनुहुन्थ्यो।

प्रमुख अतिथि समेत रहनुभएकी पथरी शनिश्चरे नगरपालिकाकी उपप्रमुख देवीमाया काफ्‌लेले बत्तीमा पानसमा बत्ती बालेर उद्घाटन गर्नुभएको सो कार्यक्रममा वडा नम्बर ८ का वडाध्यक्ष नवीनजंग कार्की ,वडा नम्बर ३ का वडाध्यक्ष विजय लिम्बु, वडा नं ४ का वडाध्यक्ष लोक किरण न्यौपाने , वडा सदस्यहरू क्रमश:कन्केश्वरी अधिकारी, टंक पराजुली, चन्द्रबहादुर चेम्जोङ लगायतको उपस्थिति रहेको थियो।

निकै रोचक र सुमधुर भजनहरू प्रस्तुत भएका उक्त भजन किर्तन प्रतियोगितामा प्रथम, दोस्रो र तृतीय क्रमश: दिर्घायु हरि किर्तन मण्डली, पशुपति हरिकिर्तन, ज्ञान कुञ्ज हरि कीर्तन मण्डली भए भने सान्त्वना सिद्धेश्वर हरिकीतन मण्डली भएका थिए। पुरस्कृत भजन किर्तन टोलीलाई कार्यक्रमकी प्रमुख अतिथि नगर पालिकाकी उपप्रमुख देवीमाया काफ्लेले विजयी मण्डलीहरूलाई रू. ३ हजार ,२ हजार , १५ सय र १ हजार नगद सहित दोसल्ला तथा प्रमाण-पत्र प्रदान गर्नुभएको थियो।

कार्यक्रममा हरिनाम हरिकिर्तन समूह ,देवी हरिकिर्तन समूह , पशुपती हरिकिर्तन मण्डली, दीर्घायु हरिकिर्तन मण्डली, पाथीभारा दुर्गा पाञ्चायन हरिकिर्तन , सिद्धेश्वर हरिकिर्तन मण्डली, महिला जागरूक हरि किर्तन समुह, सिद्धेश्वरी पाञ्चायन हरिकिर्तन मण्डली, ज्ञानकुञ्ज हरिकिर्तन मण्डली, रामजानकी हरिकिर्तन मण्डली सिद्धीविनायक हरिकिर्तन मण्डली लगायतले भाग लिएका थिए।

सोही कार्यक्रमको औचित्य माथि महिला जागरुक हरि किर्तन मण्डलीका सल्लाहकार खगेन्द्र प्रसाद लुइँटेलले पार्नुभएको थियो भने वडा अध्यक्षहरू क्रमश: विजय लिम्बू , लोक किरण न्यौपाने, नविन जंग कार्की समेतले शुभकामना मन्तव्य दिनुभएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here