विराटनगर,

झापा, मोरङ, सुनसरी र उदयपुरबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र निषेधित औषधी सहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
झापाको मेचीनगर नगरपालिका-६ स्थितमा लागू औषध नियन्त्रण व्यूरो काँकरभिट्टा खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा मोरङग उर्लाबारी-३ का २१ अरुण भित्रीकोटीलाई ५ ग्राम ब्राउन सुगर सहित गरेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ।
यस्तै,प्रहरी चौकी डाँगीहाट मोरङबाट खटिएको प्रहरी टोलीले बेलबारी-१० भाउन्ने का १७ बर्षीय आर्यन धिमाल र २० बर्षीय दिपेश राई लाई निषेधित ट्रामाडोल ५०० क्यापसुल र डिकोलिक ५०० ट्याबलेट सहित नियन्त्रणमा लिएको छ भने उदयपुरको प्रहरी चौकी लालपताले त्रियुगा नगरपालिका-३ का २० बर्षीय केवल चौधरीलाई निषेधित एम्पुल १८ वटा, ६० ट्याबलेट नाईट्रोभेट सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
यसैगरी,इलाका प्रहरी कार्यालय लौकही र लागू औषध नियन्त्रण व्युरो बिराटनगरको टोलीले चेकजाँचको क्रममा ईटहरी-६ का बर्ष ३६ को कृष्ण प्रसाद प्रसाई र ३३ बर्षीय सन्तोष चौधरीलाई ९८ मिलिग्राम ब्राउनसुगर सहित, भोक्राहा नरसिंह-४ का २२ बर्षीय रोस्तम अन्सारी र २२ बर्षीय ईम्रान अन्सारीलाई १५० मिलिग्राम ब्राउन सुगर सहित, इटहरी-१६ का २० बर्षीय अमन चौधरी र इटहरी-१७ का २० बर्षीय रजिंत चमारलाई २ ग्राम ३७० मिलिग्राम ब्राउन सुगर सहित र इनरुवा नगरपालिका-५ का २५ प्रेम कुमार खंग र इनरुवा-३ का २८ बर्षीय शंकर कुमार देवलाई २ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर पक्राउ गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।






























