काठमाडौं ।
काठमाडौं महानगरपालिका–२६, गोंगबु मित्रनगरस्थित सडकबाट वन्यजन्तु रेडपान्डाको छालासहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाग्लुङको वरेङ गाउँपालिका–३ घर भई काठमाडौं महानगरपालिकास्थित स्वयम्भू बस्ने ४५ वर्षीय तारा थापा रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
उनले भने, “प्रहरी वृत्त महाराजगञ्ज र प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनलाई दुईवटा रेडपान्डाको छालासहित पक्राउ गरेको हो ।” उक्त सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसरले जनाएको छ ।