सुनसरी।
जिल्ला प्रहरी कार्यालय सुनसरीले जुवा तास खेल्ने १५ जनाको समुहलाई पक्राउ गरेको छ ।
कात्तिक १८ गते बिहान सुनसरी बराहक्षेत्र नगरपालिका-३ नडाहा स्थित जिवन कार्कीको घरमा जुवा तास खेलीरहेका ललितपुर सातदोबाटो का -४४ बर्षीय नवराज राई, सुनसरी इटहरी उप-महानगरपालिका-१ का ५१ बर्षीय प्रदिप तामाङ, बराहक्षेत्र-५ का २७ बर्षीय नारायण कार्की, ४१ बर्षीय उत्तम मगर, बराहक्षेत्र-३ का ३२ बर्षीय बिदुर कार्की, ४४ बर्षीय दिनराज राई,२४ बर्षीय मान बहादुर कार्की, बराहक्षेत्र-८ का ४९ बर्षीय खड्ग बहादुर विष्ट, रामधुनि नगरपालिका-५ का ४६ बर्षीय गौरी शङकर लुइटेल, बराहक्षेत्र -३ का ४५ बर्षीय रेवत थापा, ३४ बर्षीय खगेन्द्र कार्की-३० बर्षीय दिपेन्द्र कार्की, भोजपुर अरुण गाउँपालिका-३ का ४५ बर्षीय जीवन कार्की, हतुवागडी-७ का ३५ बर्षीय ज्ञान बहादुर राई, भोजपुर आमचोकका ४१ बर्षीय दुर्गाराज राइलाई पक्राउ गरेको हो ।
प्रहरीले जुवाको खालबाट नगद ९ लाख ६८ हजार ९ सय ९५ रुपैयाँ र २२ बुङ तास समेत बरामद गरेको छ । पक्राउ परेका उनीहरुको आवश्यक कानुनी कारवाही भईरहेको छ ।