देउसी–भैलोको मौलिकता हराउँदै : र्‍याप, पपमा झुम्दै युवायुवती, बुढापाका चिन्तित

0
3

बाग्लुङ,

पछिल्ला वर्ष देउसी–भैलोको मौलिकता हराउँदै गएको गुनासो बढ्दो छ ।

सोरठी, मारुनीसहित पुराना नाच नाचेर खेलिने देउसी–भैलो पछिल्लो समय हराउँदै गएको हो । मौलिक संस्कृतिसहितको देउसी–भैलो हराउँदै गएपछि बुढापाका चिन्तित बनेका छन् । गाउँ, टोल र छिमेक गुञ्जायमान छन् तर यसको मौलिकता भने वर्षेनि हराउँदै गएको पाको पुस्ताको गुनासो छ ।

तिहार पर्वसँग मादल, बासुरी, खैजडीलगायत बाजा र मौलिक गीत जोडिएका हुन्छन् । तर हिजो आज र्‍याप, पपमा युवायुवतीले देउसी–भैलो खेल्दा बुढापाकाले खिन्नतता व्यक्त गर्छन् ।

बाग्लुङको निसीखोला गाउँपालिका–४ का ७४ वर्षीय धनबहादुर घर्तीले परम्परागत देउसी–भैलोलाई आधुनिकताले प्रभावित गरेको बताउनुभयो । उहाँले भन्नुभयो ‘जुग जमानासँगै हाम्रा कला, संस्कृति हराउँदै गए, नयाँ पुस्ताले मौलिक संस्कृतिलाई बिर्सिए ।’

गलकोट नगरपालिका–१० का पूर्णबहादुर घर्ती मगरले अरूको देखासिकीका कारण हाम्रो मौलिकता हराएको गुनासो गर्नुभयो । काठेखोला गाउँपालिका–१ का २७ वर्षीया कमल थापा मगर बाउबाजेले मौलिकतालाई संरक्षण गरे पनि आफ्नो पुस्ताले जोगाउन नसकेको स्वीकार गर्नुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here