अर्जुनधारा ।
झापाको अर्जुनधारा–७ ज्योतिबस्तीस्थित सिर्जना बाल युवा क्लबको आयोजनामा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
शुभ दीपावलीको सन्दर्भमा संस्थाले सञ्चालन गरेको सामूहिक देउसी–भैलो कार्यक्रम–२०८१ समापनको सन्दर्भमा उक्त सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको क्लबकी अध्यक्ष शर्मिला न्यौपानेले जानकारी दिइन् ।
क्लबकी अध्यक्ष न्यौपानेको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा–७का वडाध्यक्ष गोविन्दप्रसाद खतिवडाले उद्घाटन गरेका थिए । कार्यक्रममा अर्जुनधारा–४का वडाध्यक्ष अम्बरबहादुर कटुवाल, निजी तथा आवासिय विद्यालय संगठन(प्याब्सन) अर्जुनधाराका अध्यक्ष रुद्र सिटौला, मेची बहुमुखी क्याम्पसका पूर्व प्रमुख कमल गुरागाईंलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
क्लबका सल्लाहकार एवम् अर्जुनधारा नगर सभा सदस्य देवकुमार राईले स्वागत मन्तव्यसहित संस्थाको वर्तमान अवस्था र भावी रणनीति बारे जानकारी गराएका थिए । त्यसैगरी कार्यक्रममा स्थानीय कलाकारहरुले दीपावली विशेष नृत्यसँगै कौडा, मारुनी, साकेलालगायतका नृत्य तथा गीत प्रस्तुत गरेका थिए ।
संस्थाले सञ्चालन गरेको देउसी–भैलो एवम् सांस्कृतिक कार्यक्रमको आय–व्यय विवरण तत्काल सार्वजनिक गरि संस्थाले खरिद गरेको जमिनको बाँकी रकम भुक्तानीमा खर्च गरिने अध्यक्ष न्यौपानेले जानकारी दिइन् ।
दुई चरणमा भएको सांस्कृतिक कार्यक्रम अन्र्तगत औपचारिक कार्यक्रमको सञ्चालन सचिव आदर्श पोख्रेलले र सांस्कृतिक कार्यक्रमको सञ्चालन सदस्यद्वय चेतन थापा र सालमली दियालीले गरेका थिए ।