बिर्तामोड।
झापाको बिर्तामोड– ८ प्याकुरेल चौकमा भएको आगलागीबाट करिव १० लाखको क्षति भएको छ ।
बिर्तामोड–८ प्याकुरेल चोक बस्ने शिवलाल गौतमको घरसँगै रहेको सिमेन्टको गारो, टिनको छानो भएको भान्सा कोठामा अचानक आगलागी भएको थियो । आगलागीबाट भान्सा पूर्ण रुपमा जलेर नष्ट हुँदा त्यसभित्र रहेका दुई वटा ग्यास सिलिण्डर पड्किएको थियो ।
आगलागीबाट एउटा ग्यास चुलो, अन्य भाडाबर्तन,अन्नपात, एउटा स्कुटर र घरको दक्षिण साइडको बरण्डाको भाग समेत जलेर क्षति भएको प्रहरीले जनाएको छ ।
स्थानीय र बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा आगो पूर्ण रुपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।