झापा ।
इलाका प्रहरी कार्यालय दमकले जुवा तास खेल्ने १८ जनालाई पक्राउ गरेको छ ।
शिवसताक्षी नगरपालिका–११ नहर चौ स्थित चन्द्रमणी रिमालको घरमा जुवा तास खेलीरहेका शिवसताक्षि–५ का मुकेश राउत, गौरिगंज गाउँपालिका–१ का ४७ बर्षीय हरि राजवंशी ,शिवसताक्षि–११ का ६२ बर्षीय चन्द्रमणि रिमाल, ४५ बर्षीय राजेन्द्र बास्कोटा, ४९ बर्षीय दिपेन्द्र घिमिरे, ४७ बर्षीय राजेद्र बुबर, शिवसताक्षि–७ का ५४ बर्षीय छत्रबहादुर सोडारी, ६१ बर्षीय मणी खड्का, ३२ बर्षीय राजु दर्जी , ५१ बर्षीय तुला सुब्बा, ६९ बर्षीय सितारम कार्की, ४३ बर्षीय खडी बहादुर श्रेष्ठ, शिवसताक्षि–४ का २४ बर्षीय सेवराज राजवंशी , ३६ बर्षीय रुप ना. साहा, ३५ बर्षीय मनोज साहा, शिवसताक्षि–९ का ३३ बर्षीय निरज दुलाल , ५६ बर्षीय मोहनप्रसाद दुलाल र शिवसताक्षि–६ का ४८ बर्षीय लोकनाथ दुलाललाई पक्राउ गरेको हो ।
प्रहरीले जुवाको खालबाट नगद चार लाख ५४ हजार पाँच सय रुपैयाँ समेत बरामद गरेको छ । उनीहरु माथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।