झापा,
झापाका ६ पालिकाले भोलि मंगलबार स्थानीय सार्वजनिक बिदा दिएका छन् ।
हरिबोधिनी एकादशी पर्व तथा तुलसी विवाहको अवसरमा मंगलबार जिल्लाका १५ पालिकामध्ये भद्रपुर नगरपालिका ,कचनकवल गाउँपालिका, हल्दिबारी गाउँपालिका, बाह्रदशी गाउँपालिका, झापा गाउँपालिका र गौरीगञ्ज गाउँपालिकाले सोमबार छुट्टाछुट्टै सूचना निकालेर बिदा दिएका हुन् ।
आदिवासी तथा अन्य बहुसङ्ख्यक समुदायले हरिबोधिनी एकादशी पर्व तथा तुलसी विवाह ठुलो पर्वको रुपमा मनाउँदै आएका छन् । त्यसैले ती समुदायको बाहुल्यता रहेको पालिकाहरूले बिदा दिएका हुन् ।
भोलि ती पालिकाहरूमा अति आवश्यकबाहेक पालिकाको कार्यालय, वडा कार्यालयहरू, शैक्षिक संस्थाहरू बन्द रहने जारी गरिएको सूचनामा उल्लेख छ ।