चुलाचुली नगर अस्पताल सञ्चालन सहयोगार्थ समावेशी श्रीमद्भागवत पुराण

0
3

चुलाचुली । 

इलामको चुलाचुलीस्थित चुलाचुली नगर अस्पताल सञ्चालन सहयोगार्थ समावेशी श्रीमद्भागवत सप्ताह महापुराण तथा ज्ञान महायज्ञ शुरु भएको छ ।

कार्तिक २६ गतेदेखि मंसीर ३ गतेसम्म चुलाचुली–२ वाह्रगोठे स्थित अस्पताल परिसरमा सोमबार बाट सुरु भएको समावेशी श्रीमद् भागवत महापुराणको चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङले चुलाचुली गाउँपालिकाकाले तयार पारेको पालिका गानको स्विच अन गरेर उद्घाटन गरेका थिए ।

चुलाचुली अस्पतालमा अक्षय कोषको व्यवस्था गर्ने, स्वास्थ्यको पहुँच नभएका नागरिकहरूमा सुलभ स्वास्थ्य सेवाको पहुँच पुर्याउने, चौबीसै घण्टा अस्पतालबाट नागरिकहरूमा सेवा प्रवाह गनर्सका साथै एकै मञ्चमार्फत सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुताको सन्देश प्रवाह गर्ने, विभिन्न भाषा साहित्य संगीत र मौलिकताका क्षेत्रमा काम गर्ने बौद्धिक व्यक्तिहरूको पहिचान गरी सम्मान गर्ने, चुलाचुली क्षेत्रभित्रको भूगोलमा रहेका शहीदहरू प्रति हार्दिक सम्मान र श्रद्धाञ्जली सहित परिवार दाताहरूको सम्मान गर्ने, पालिकाको सामाजिक तथा आर्थिक रूपान्तरणमा टेवा पु¥याउने, चुलाचुली अस्पताललाई चुलाचुलीको गौरवका रूपमा स्थापित गर्ने उद्देश्यका साथ समावेशी श्रीमद भागवत महापुराण सञ्चालन गर्न लागिएको अध्यक्ष केरुङले बताए ।

यस ठाउका जनता स्वस्थ्यको पहुँच बाट धेरै टाडा रहेको र सामान्य विरामीहुँदा समेत उपचारकालागी अन्यत्र जानु पर्ने बाध्यता थियो । त्यसलाई मध्यनजर गर्दै आफु गाउँविकास समितीको अध्यक्ष भएकै बेलादेखी यस ठाउमा अस्पताल सञ्चालन गर्ने योजनामा रहेको र आज त्यो पुरा भएको हुँदा अहिलेका जनप्रतिनिधीलाई सबैले धन्यवाद दिनुपर्ने तत्कालिन चुलाचुली गाउँविकास समितीका अध्यक्ष तथा समावेशी श्रीमद भागवत महापुराणका सल्लाहकार ओमनारायण खनालले बताए ।

पुराण सम्पन्नसगैं आगामी मंसीर २ गतेवाट अस्पताल विधिपूर्वक सञ्चालनमा ल्याईनेछ । स्वास्थ्य मन्त्री प्रदिप पौड्यालको प्रमुख आतिथ्य र इलाम क्षेत्र नं २ संघिय सांसद सुहाङ नेम्बाङको विशेष आतिथ्यमा २४ सै घण्टा अस्पताल सञ्चालन शुरुवात गरिने अस्पताल प्रशासनले जनाएको छ ।

पुराण आयोजक समितिका संयोजक जनक कोईरालाको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधी, कर्मचारी, विभिन्न संघ सस्थाका प्रतिनिधी स्थानिय बासी लगायतको उपस्थिती रहेको थियो ।

औपचारीक कार्यक्रम गर्नु भन्दा पहिले शिक्षक, विध्यार्थि, विभिन्न संघ सस्थाका पप्रतिनिधी,, किर्तन मण्डली, स्थानिय वासिको उपस्थितिमा झाँकी सहित विभिन्न मन्दिर, गुम्बा, किराँत हाङसाम साम्योक माङहिम चर्च लगायतका स्थानमा कलश यात्रा गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here