एनएमसी सदस्य परिवारलाई आर्थिक राहत

0
25

बिर्तामोड ।

झापाको मेचीनगर-६, काँकरभिट्टा मुख्य कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.(एनएमसी) ले आफ्नो शेयर सदस्य परिवारलाई नगद १० हजार राहत सहयोग गरेको छ।

एनएमसी सहकारी बिर्तामोड-१० सैनिकबजार सेवाकेन्द्रमा कार्यरत कर्मचारी सदस्य सहजकर्ता एवम् शेयर सदस्य निशा लिम्बूको बुबा शेखरकुमार सेम्वू लिम्बूको निधन भएपछि उनको माईजोगमाई गाउँपालिका-४, इलामस्थित निवासमा पुगेर सहकारीले समवेदना पत्रसहित शुद्धयाइ खर्च नगद १०हजार हस्तान्तरण गरेको हो।

संस्थाको बिर्ताअर्जुन क्षेत्रीय समन्वय उपसमिति सदस्य मनु मुखिया, बिर्तामोड -१० स्थित सैनिकबजार सेवाकेन्द्रगत उपसमिति संयोजक टीकाराम दंगाल, सदस्य रत्नबहादुर बस्नेत, सदस्य सीतादेवी राई, एकाइ न.२ संयोजक ओमबहादुर गुरुङ, सदस्यहरु राजन ढकाल, अञ्जु गुरुङ, कीर्ति लिम्बू, कर्मचारी निर्मला राजबंशी, चन्द्रबहादुर राई र इलाम नयाँबजार सेवाकेन्द्र अन्तरगत ३ नं. एकाइ उपसमिति संयोजक यज्ञेश्वर ढुगाना, सदस्य सहजकर्ता मनोज दाहाललगायतको टोलीले समवेदनापत्रसहित उक्त राहत रकम हस्तान्तरण गरेको थियो।

संस्थामा ५ हजार रुपैयाँ भन्दा बढी शेयर रकम मौज्दात भएका सदस्यको आमाबाबू, छोराछोरी तथा दम्पतिको निधनमा १० हजार र सदस्यको निधनमा ५० हजार राहत सुविधा उपलब्ध गराइने संस्थाको नियम अनुसार उक्त रकम उपलब्ध गराइएको बताएको छ।

मृतक परिवारको तर्फबाट भाइ श्याम लिमूले धन्यवाद ज्ञापन गरेको कार्यक्रममा समवेदना पत्र रत्नबहादुर बस्नेतले र सञ्चालन चन्द्रबहादुर राईले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here