देवभूमी बिद्यापीठमा खाद्य उत्सव तथा सांस्कृतिक कार्यक्रम

0
8

झापा ।

झापाको अर्जुनधारामा रहेको देवभूमी बिद्यापीठ अङ्ग्रेजी बोर्डिङ स्कुलले खाद्य उत्सव तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

अर्जुनधारा नगरपालिका– ५ मा रहेको विद्यालयले खाद्य उत्सवसंगै सांस्कृतिक कार्यक्रम गरेको हो । विद्यालय व्यस्थापन समितीका अध्यक्ष सुमन शर्मा जमर्कट्टेलको अध्यक्षतामा भइको कार्यक्रममा नीजि तथा आवासिय विद्यालय अर्गनाइजेशन (प्याब्सन) झापाका अध्यक्ष गौरिमान फागोको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा कमल गाउँपालिका प्याब्सन अध्यक्ष बद्री साङ्पाङ राई, अर्जुनधारा नगर प्याब्सन अध्यक्ष रुद्रप्रसाद सिटौला, अर्जुनधारा प्याव्सनका सचिव राजेश आचार्य, दमक प्याब्सन अध्यक्ष जनार्दन मैनाली ,अर्जुनधारा प्याब्सनका प्रमुख सल्लाहकार बालगोपाल गौतम ,नेवा देयःदबु कोशी प्रदेश अध्यक्ष इन्द्रबहादुर श्रेष्ठ ,प्याब्सन झापा जिल्ला सल्लाहकार प्रभु श्रेष्ठ लगायतको आतिथ्य रहेको थियो ।

विद्यालयका प्रधानाध्यापक सन्तोष पौडेलले स्वागत गरेको कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष जमर्कट्टेलले कार्यक्रमको औचित्य बारे प्रकाश पारेका थिए । देवभूमीले हरेक क्षेत्रमा विद्यार्थीलाइ पहिलो प्राथमिकतामा राखेर कार्य गर्दै आएको र यस्ता कार्यक्रमले विद्यार्थीको पढाइका अतिरिक्त अन्य कार्यमा समेत सरिक हुन प्रेरणा मिल्ने बतााए ।

हरेक विद्यालयमा यस्ता कार्यक्रमहरु हुन जरुरी रहेको र यसले भबिस्यमा दक्ष जनशक्ति निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाई छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा अतिथीहरुले निजी विद्यालयले शिक्षाको क्षेत्रमा गरेको कार्यलाई सामान्य सोच्न नमिल्ने बताए । बिधालयमा हुने हरेक कार्यक्रमले विद्यार्थीको समग्र विकासमा सहयोग पुग्ने उनीहरुको भनाई थियो ।

कार्यक्रममा कक्षा ५ देखि १० सम्मका विद्यार्थीहरुको सहभागीता रहेको थियो। उनीहरूले परम्परागतदेखि आधुनिक खानाका प्रकारहरु बनाएका थिए ।कार्यक्रममा अभिभावक तथा पूर्व बिद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो भने कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक समीर नेपालले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here