कमल गाउँपालिकामा अपाङ्गता भएका व्याक्तिहरुको स्वास्थ्य परिक्षण

0
50

कमल ।

झापाको कमल गाउँपालिकामा अपाङ्गता भएका व्याक्तिहरुको स्वास्थ्य परिक्षण, आवश्यकता पहिचान तथा परिचयपत्र वितरण शिविर सुरु भएकोे छ । गाउँपालिकाको वडा नम्वर ४ बाट अपाङ्गता भएका व्याक्तिहरुको स्वस्थ्य परिक्षण आवश्यकता पहिचान तथा परिचयपत्र वितरण शिविर सुरु गरिएको हो ।

कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, स्थानीय तह र करुणा फाउण्डेशन नेपालको त्रिपक्षीय लागत साझेदारी तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको प्राविधिक सहकार्यमा सूरु गरिएको शिविरमा अपाङ्गता भएका व्याक्तिहरुको स्वास्थ्य परिक्षण, आवश्यकता पहिचानगरी परिचयपत्र समेत वितरण गरिने हुँदा शिविरमा सहभागी भई सबैले फाईदालिन कमल गाउँपालिकाका अध्यक्ष हुकुम सिंह राईले अनुरोध गर्नु भयो ।

कमल गाउँपालिकामा रहेका १ हजार १३२ जना अपाङ्गता भएका व्याक्तिहरुलाई शिविर मार्फत स्वास्थ्य परिक्षण, आवश्यकता पहिचान तथा परिचयपत्र वितरण गरिने कार्यक्रम रहेको गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी ले बताउनु भयो ।

कमल गाउँपालिकामा मंसिर ४ गते बाट सुर भएको शिविर आगामी मंसिर १० गते सम्पन्न हुने कमल गाउँपालिका महिला तथा वालवालिका शाखा प्रमुख रिता कार्की रिजालले जानकारी दिनुभयो ।

कोशी प्रदेश १३७ वटै पालिकाले आ आफ्नो पालिकामा कार्यतालिका बनाई मंसिर २ गते बाट शिविर सञ्चालन प्रारम्भ गरेर पुष दोस्रो साता भित्रमा सम्पन्न गर्ने योजना रहेको र उक्त शिविर मार्फत झापा जिल्लामा रहेका २३ हजार ९ सय ८८ जना अपाङ्ता भएका व्यक्ति लाई शिविर मार्फत परिचय पत्र वितरण गरिने करुणा फाउण्डेशनका वरिष्ठ कार्यक्रम व्यवस्थापक कमल कोईरालाले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here