कानेपोखरी ।
मोरङको कानेपोखरी गाउँपालिका–६ रमाइलो चोकमा बिहीबारदेखि चौथो कानेपोखरी महोत्सव शुरु भएको छ ।
रमाइलो युवा परिवार, लायन्स क्लव अफ कानेपोखरी, कानेपोखरी व्यापार संघ र रमाइलो जेसीजको सामुहिक भवन निर्माणका लागि आवश्यक डिपीआर निर्माण गर्नु मुख्य उद्देश्यले सो महोत्सव आयोजना गरिएको हो।
महोत्सवको उद्घाटन कानेपोखरी गाउँपालिका उपाध्यक्ष भोलाप्रसाद अधिकारीले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममागाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादव, वडा अध्यक्षहरु चरण गुरुङ, मोहन प्रसाद अधिकारी, रमेश राउत, गाउँपालिकाका प्रशासन अधिकृत गोविन्द फुयल, रमाइलो जनएकता साकोसका अध्यक्ष त्रिभुनाथ फुयल लगायत विभिन्न संघसंस्था, शिक्षाप्रेमी, समाजसेवीहरुको उपस्थित रहेको थियो ।
महोत्सवको उदघाटन रमाइलो युवा परिवारका अध्यक्ष नवीन पौडेलको सभाध्यक्षमा सम्पन्न भएको थियो। राष्ट्रिय तथा स्थानीय कलाकारसहित विभिन्न कलाकारहरूको बेजोड प्रस्तुति रहने उक्त महोत्सव आगामी १५ दिनसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।