८३ वर्षीया वृद्धा महिलाको हत्यामा संलग्न भएको आरोपमा झापमा दुई जना पक्राउ

0
40

झापा।

झापाको झापा गाउँपालिका वडा नम्बर ६ पुष्पाञ्जली टोल बस्ने ८३ वर्षीया फूलमाया मुर्मुको हत्या अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही गाउँपालिका – ७ बस्ने २८ वर्षीय अजय यादव र झापा शिवसताक्षी नगरपालिका–७ बस्ने २४ वर्षीय अशोक यादव रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए ।

मुर्मु शनिबार बेलुका मृत अवस्थामा फेला परेकी थिइन् । मुर्मु मृत अवस्थामा रहेको सूचना प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यालय झापा तथा मातहतबाट खटिएको प्रहरी टोलीले नेपाल प्रदेश प्रहरी कार्यालयले केनाइन शाखा धरानबाट आएको कुकुरसहितको टोलीले अनुसन्धान गरेको थियो ।

अनुसन्धानका क्रममा मृत महिलाको टाउको र चिउँडोमा कलको ह्याण्डिल र फरुवासहितले प्रहार गरेको देखिएको प्रवक्ता चन्दले बताए । घटनामा संलग्नको खोजी गर्ने क्रममा कल्र्स मोबाइल एक थान, साइकल एक थान, कलको ह्याण्डिल र एक थान फरुवासहित यादवद्वयलाई झापा गाउँपालिका–७ मदरगाछबाट पक्राउ गरिएको जनाइएको छ ।

घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here