झापा ।

नेपाल अर्बुद रोग निवारण संस्था झापाको २३औ जिल्ला सभा भद्रपुरमा सम्पन्न भएको छ।
संस्थाका झापा सभापति अम्बिका ढकालको सभापतित्व र भद्रपुर नगरपालिकाका उपमेयर राधा कार्कीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न कार्यक्रममा स्वागत उपसभापति गंगाप्रसाद श्रेष्ठ गरेका थिए।
कार्यक्रममा क्षयरोग निवारण संस्थाका सचिव केदार महत नर्सिङ संगठनका सीता भण्डारीलगायतले शुभकामना मन्तव्य राखेका थिए।
कार्यक्रमको सञ्चालन सचिव माधब घिमिरेले गरेको सभापति अम्बिकाप्रसाद ढकालले जानकारी थिए !































