अर्जुनधारा ।
झापाको अर्जुनधारा–८ स्थित प्रज्जवला अपाङ्ग तथा महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २२औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।
अर्जुनधारा–७स्थित अर्जुनधारा जलेश्वर धामको श्रवणहलमा संस्था सञ्चालक समितिका अध्यक्ष डिल्लीबहादुर घोर्सानेको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा नगरपालिका सामाजिक विकास शाखाका प्रमुख राजविक्रम खड्काले उद्घाटन गरेका थिए ।
कार्यक्रममा समितिका अध्यक्ष घोर्सानेले गत आर्थिक वर्ष ०८०÷०८१को सञ्चालक समितिको वार्षिक प्रगति प्रतिवेदन, लेखा समितिका संयोजक ठाकुरसिंह गुरुङले लेखा समितिको प्रतिवेदन र व्यवस्थापक तुलसा कुँवरले वार्षिक कार्ययोजना प्रस्तुत गरेका थिए ।
प्रस्तुत प्रतिवेदनमा संस्थाको जम्मा शेयर पूँजी एक करोड दुई लाख ६१ हजार तीन सय रुपैयाँ, निक्षेप तीन करोड ३४ लाख ५५ हजार आठ सय ७५ रुपैयाँ ९९ पैसा, कर्जा लगानी पाँच करोड २९ लाख १२ हजार सात सय ६८ रुपैयाँ, जगेडा कोषमा ६१ लाख ४७ हजार नौ सय ९८ रुपैयाँ ४५ पैसा, अन्य कोषमा ४२ लाख ८५ हजार नौ सय १४ रुपैयाँ ५५ पैसा उल्लेख गरिएको छ ।
सोही कार्यक्रममा ज्येष्ठ शेयर सदस्यतर्फ भीममाया कार्की, असल कारोवारतर्फ रिस्ता रिमाल बुढाथोकी, असल बचतकर्तातर्फ शान्ता खाती तथा उत्कृष्ट बाल बचतकर्तातर्फ ग्रेस पौडेल, सेरील पौडेल र सान्वी कार्कीलाई सम्मानित गरिएको थियो ।
संस्थाका संस्थापक अध्यक्ष दीपेन्द्र काफ्लेले सहकारीको महत्व बारे जानकारी गराएको कार्यक्रममा समितिकी उपाध्यक्ष रञ्जना कार्कीले स्वागत गरेकी थिइन् । कार्यक्रमको सञ्चालन व्यवस्थापक कुँवरले गरेकी थिइन् ।