हल्दिबारी।
नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रणी योद्धा अमृतबहादुर आङ्देम्बेलाई परेको पत्निशोकको नवौं पुण्यतिथिमा नेपाली कांग्रेसले शोकसभा सम्पन्न गरेको छ ।
झापा हल्दिबारी–५ निवासी आङ्देम्बेकी श्रीमती नरिमाया फागो आङदेम्बेको ८१ बर्षको उमेरमा निधन भएको थियो । नेपाली कांग्रेसले आङदेम्बेको घरमै पुगेर शोकसभा सम्पन्न गरेको हो ।
नेपाली कांग्रेसले तत्कालीन पञ्चायती शासनसत्ताका विरुद्ध २०१८ सालमा सशस्त्र संघर्ष गरेको थियो । त्यसबेला मुक्तिसेनाका रुपमा सक्रिय आङ्देम्बेलाई चारसरकारका उपनामले समेत चिनिन्छ ।
त्यससमय महामानव वि.पी. कोइराला, अग्रज प्रजातान्त्रिक योद्धाहरु भूविक्रम नेम्बाङ, देवान दोर्जे, प्रेमराज आङदेम्बे, मच्छिन्द्रबहादुर केरुङ लगायतका नेताहरुको निकटतम रहेर उहाँ नेपालको प्रजातान्त्रिक आन्दोलनमा सक्रिय हुनुहुन्थ्यो । तत्कालीन समयमा पाँचथरको नवमीडाँडा–८ निवासी आङ्देम्बे र पाँचथरकै लुङरुप्पा ४ निवासी नरीमाया फागो २०१८ सालमा विवाह वन्धनमा बाँधिनुभएको थियो । उहाँको परिवार लामो समयदेखि झापाको हल्दिबारीमा बसोबास गर्दै आएको छ ।
शोकसभामा नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले अमृत आङ्देम्बेले नेपाली राजनीतिमा पु¥याएको योगदानको चर्चा गर्दै पत्नी एवं मातृ वियोगमा रहनुभएका शोकाकुल परिवारजनमा गहिरो समवेदना ब्यक्त गर्नुभयो ।
स्वर्गीय नरिमायाका छोराबुहारीहरु आसमति, नरविर–विष्णुकुमारी, हर्कबहादुर–फूलमाया, हस्तबहादुर, विष्णु–निर्मला आङदेम्बे एवं छोरी–ज्वाईहरु टिकामाया–कविर लिम्बू, श्रीमाया–सूर्य तामाङ एवं ११ नाती, ६ नातिनी, २ पनाति, ६ पनातिनी रहेका छन् । शोकसभामा नेपाली कांग्रेस झापाका सचिव नवीन विमली, जिल्ला सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु, क्षेत्र, गाउँ÷नगर र वडा समितिमा आबद्ध कांग्रेस कार्यकर्ताको बाक्लो उपस्थिति थियो ।