जामुनखाडी सहकारीमा नयाँ नेतृत्व

0
4

सुरुङ्गा।

कनकाई न.पा.-२, झापास्थित जामुनखाडी कृषि सहकारी संस्था लिमिटेडमा नयाँ नेतृत्व चुनिएको छ ।

सञ्चालक समिति अध्यक्ष निर्मलकुमार खनालको सभापतित्वमा भएको नवौं साधारणसभा तथा चौथो अधिवेशनद्वारा सर्वसम्मत गठित सञ्चालक समितिको अध्यक्षमा कृष्णबहादुर चौहान, उपाध्यक्षमा दुर्गादेवी बुढाथोकी, सचिवमा दुर्गा बाँस्तोला र कोषाध्यक्षमा चन्द्रकला खनाल रहेका छन् ।

सदस्यहरूमा तेजप्रसाद धिताल, इन्दिरा खनाल, रामकृष्ण नेपाल, शैलेन्द्र राई, कैलाश बराल, विदुर खड्का र बबिता गिरी छानिएका छन् ।

त्यसरी नै, लेखा समिति संयोजकमा डिल्लीराज न्यौपाने रहेका छन् । सर्वसम्मत समिति गठनका लागि कुमारप्रसाद खरेल निर्वाचन अधिकृत, चेतनाथ रिजाल र हेमन्तकुमार नेपाल सदस्य रहेको निर्वाचन समितिले भूमिका निभाएको थियो ।

झापा क्षेत्र नं. ४ का प्रदेश सभा सदस्य माननीय भक्तिप्रसाद सिटौलाको प्रमुख आतिथ्य रहेको कार्यक्रममा कारितास नेपालका टंक कट्टेल, एक्सल डेभलपमेन्ट बैंक विर्तामोडका कर्जा विभाग प्रमुख शिवकुमार गिरी, कनकाई नगरपालिका वार्ड नं. २ का वार्ड अध्यक्ष बलराम राई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

नरादेवी मगरको स्वागत मन्तव्य रहेको कार्यक्रम निवर्तमान सचिव एवम् कार्यालय व्यवस्थापक अर्जुनकुमार रिजालले सञ्चालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here