अर्जुनधारामा प्याब्सनको स्पोर्टस मिट-२०८१ सम्पन्न

0
2

अमित खम्बू
अर्जुनधारा ।

निजी तथा आवासीय विद्यालय संगठन(प्याब्सन) झापाको आयोजना र प्याब्सन अर्जुनधाराको सञ्चालनमा गत मंसीर २८ गतेदेखि शुरु भएको स्पोर्टस मिट–२०८१ सोमबार सम्पन्न भएको छ ।

प्याब्सन अर्जुनधारामा आबद्ध ३३ वटा विद्यालयका १२ सय जना बढी विद्यार्थीको सहभागिता रहेको पालिकास्तरिय प्रतियोगिता अन्र्तगत क्रिकेट, फुटबल, भलिबल, टेबल टेनिस, सडक दौड र बुद्धिचाल खेलको १९ वटा विधामा खेल सञ्चालन भएको प्याब्सन अर्जुनधाराका सचिव ताराप्रसाद नेपालले जानकारी दिए ।

जसअनुसार क्रिकेट प्रतियोगितामा अर्जुनधारा–२स्थित ब्लू हेभन एजुकेशन फाउन्डेशन इङलिस स्कूल प्रथम, अर्जुनधारा–८स्थित एम्स एकाडेमी द्वितीय र अर्जुनधारा–६स्थित नवनित एकाडेमी तृतीय भएको छ ।

त्यसैगरी यू–१५ फुटबल प्रतियोगितामा अर्जुनधारा–३स्थित न्यू होप इङलिस बोर्डीङ सेकेन्डरी स्कूल प्रथम, अर्जुनधारा–२स्थित ब्लू हेभन एजुकेशन फाउन्डेशन इङलिस स्कूल द्वितीय र अर्जुनधारा–६स्थित ब्रीलियन्ट प्यूपल्स सेकेन्डरी स्कूल तृतीय भएका छन् । यू–१२ फुटबल प्रतियोगितामा अर्जुनधारा–११स्थित होलिका इङलिस बोर्डिङ स्कूल तृतीय भएका छन् भने प्रथम र द्वितीय हुने टिमको घोषणा गर्न बाँकी रहेको बताइएको छ ।

त्यस्तै पुरुष भलिबल प्रतियोगिता(कक्षा–१०)तर्फ अर्जुनधारा–७स्थित रुपरत्न मेमोरियल इङलिस सेकेन्डरी स्कूल प्रथम, अर्जुनधारा–४स्थित सूर्यज्योति इङलिस बोर्डीङ स्कूल द्वितीय र अर्जुनधारा–३स्थित न्यू होप इङलिस बोर्डीङ सेकेन्डरी स्कूल तृतीय, महिला भलिबल प्रतियोगिता(कक्षा–१०)तर्फ अर्जुनधारा–८ स्थित स्वस्तिका शिशु सदन इङलिस सेकेन्डरी स्कूल प्रथम, अर्जुनधारा–९स्थित सृजना इङलिस बोर्डीङ स्कूल द्वितीय र अर्जुनधारा–७स्थित रुपरत्न मेमोरियल इङलिस सेकेन्डरी स्कूल तृतीय भएका छन् ।

यता पुरुष भलिबल प्रतियोगिता(कक्षा–११ र १२)तर्फ अर्जुनधारा–७स्थित रुपरत्न मेमोरियल इङलिस सेकेन्डरी स्कूल प्रथम, अर्जुनधारा–३स्थित न्यू होप इङलिस बोर्डीङ सेकेन्डरी स्कूल द्वितीय र अर्जुनधारा–५स्थित ब्राइटर इङलिस सेकेन्डरी स्कूल तृतीय तथा महिला भलिबल प्रतियोगिता(कक्षा–११ र १२)तर्फ अर्जुनधारा–७स्थित रुपरत्न मेमोरियल इङलिस सेकेन्डरी स्कूल प्रथम, अर्जुनधारा–५स्थित ब्राइटर इङलिस सेकेन्डरी स्कूल द्वितीय र अर्जुनधारा–३स्थित न्यू होप इङलिस बोर्डीङ सेकेन्डरी स्कूल तृतीय भएका छन् ।

त्यसैगरी पुरुष सिंगल टेबलटेनिस प्रतियोगिताको आधारभूततर्फ अर्जुनधारा–५स्थित देवभूमि विद्यापीठ इङलिस स्कूल प्रथम, अर्जुनधारा–६ स्थित हिमाली एजुकेशन फाउन्डेशन द्वितीय र अर्जुनधारा–९स्थित प्रगति सेकेन्डरी इङलिस स्कूल तृतीय, महिला सिंगल टेबलटेनिस प्रतियोगिताको आधारभूततर्फ अर्जुनधारा–६ स्थित हिमाली एजुकेशन फाउन्डेशन प्रथम, अर्जुनधारा–९ स्थित सृजना इङलिस बोर्डीङ स्कूल द्वितीय र अर्जुनधारा–४ स्थित सूर्यज्योति इङलिस बोर्डीङ स्कूल तृतीय, पुरुष डबल्स टेबलटेनिस प्रतियोगिताको आधारभूततर्फ अर्जुनधारा–६ स्थित हिमाली एजुकेशन फाउन्डेशन प्रथम, अर्जुनधारा–५ स्थित देवभूमि विद्यापीठ इङलिस स्कूल द्वितीय र अर्जुनधारा–९ स्थित सृजना इङलिस बोर्डीङ स्कूल तृतीय तथा महिला डबल्स टेबलटेनिस प्रतियोगिताको आधारभूततर्फ अर्जुनधारा–४स्थित सूर्यज्योति इङलिस बोर्डीङ स्कूल प्रथम, अर्जुनधारा–६स्थित हिमाली एजुकेशन फाउन्डेशन द्वितीय र अर्जुनधारा–९स्थित सृजना इङलिस बोर्डीङ स्कूल तृतीय भएका छन् ।

त्यस्तै पुरुष सिंगल टेबलटेनिस प्रतियोगिताको मावितर्फ अर्जुनधारा–९स्थित सृजना इङलिस बोर्डीङ स्कूल प्रथम, अर्जुनधारा–९ स्थित प्रगति सेकेन्डरी इङलिस स्कूल द्वितीय र अर्जुनधारा–८ स्थित स्वस्तिका शिशु सदन इङलिस सेकेन्डरी स्कूल तृतीय, महिला सिंगल टेबलटेनिस प्रतियोगिताको मावितर्फ अर्जुनधारा–९ स्थित सृजना इङलिस बोर्डीङ स्कूल प्रथम, रुपरत्न मेमोरियल इङलिस सेकेन्डरी स्कूल द्वितीय र अर्जुनधारा–४ स्थित सूर्यज्योति इङलिस बोर्डीङ स्कूल तृतीय, पुरुष डबल्स टेबलटेनिस प्रतियोगिताको मावितर्फ अर्जुनधारा–५ स्थित देवभूमि विद्यापीठ इङलिस स्कूल प्रथम, अर्जुनधारा–९ स्थित प्रगति सेकेन्डरी इङलिस स्कूल द्वितीय र अर्जुनधारा–९ स्थित सृजना इङलिस बोर्डीङ स्कूल तृतीय तथा महिला डबल्स टेबलटेनिस प्रतियोगिताको मावितर्फ अर्जुनधारा–४स्थित सूर्यज्योति इङलिस बोर्डीङ स्कूल प्रथम, अर्जुनधारा–८ स्थित स्वस्तिका शिशु सदन इङलिस सेकेन्डरी स्कूल द्वितीय र अर्जुनधारा–९ स्थित सृजना इङलिस बोर्डीङ स्कूल तृतीय भएका छन् ।

यता पुरुष तीन हजार मिटरको सडक दौड प्रतियोगितामा अर्जुनधारा–५स्थित देवभूमि विद्यापीठ इङलिस स्कूलका एलिस गुरुङ प्रथम, अर्जुनधारा–४स्थित सूर्यज्योति इङलिस बोर्डीङ स्कूलका मुक्ति पौडेल द्वितीय र अर्जुनधारा–५स्थित ब्राइटर इङलिस सेकेन्डरी स्कूलका नयन राई तृतीय तथा महिला १५ सय मिटरको सडक दौड प्रतियोगितामा अर्जुनधारा–४स्थित सूर्यज्योति इङलिस बोर्डीङ स्कूलकी मीरा भूजेल प्रथम, अर्जुनधारा–७स्थित रुपरत्न मेमोरियल इङलिस सेकेन्डरी स्कूलकी यशोधा अधिकारी द्वितीय र अर्जुनधारा–५स्थित देवभूमि विद्यापीठ इङलिस स्कूलकी संज्ञा कमर तृतीय भएकी छिन् ।

त्यसैगरी पुरुष खुला बुद्धिचाल प्रतियोगितातर्फ अर्जुनधारा–८स्थित सवस्तिका शिशु सदन इङलिस सेकेन्डरी स्कूल प्रथम, अर्जुनधारा–५स्थित ब्राइटर इङलिस सेकेन्डरी स्कूल द्वितीय र अर्जुनधारा–६स्थित ब्रीलियन्ट प्यूपल्स सेकेन्डरी स्कूल तृतीय तथा महिला खुला बुद्धिचाल प्रतियोगितातर्फ अर्जुनधारा–४स्थित सूर्यज्योति इङलिस बोर्डीङ स्कूल प्रथम, अर्जुनधारा–६स्थित हिमाली एजुकेशन फाउन्डेशन द्वितीय र अर्जुनधारा–९स्थित प्रगति सेकेन्डरी इङलिस स्कूल तृतीय भएका छन् ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयका विद्यार्थीहरुलाई अर्जुनधारा–१स्थित मदनपुर खेलमैदानमा आयोजित समापन कार्यक्रममा पुरस्कारहरु वितरण गरिएको थियो । प्याब्सन अर्जुनधाराका अध्यक्ष बालगोपाल गौतमको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुली, प्याब्सन झापाका सदस्यद्वय दीपेन्द्र सुब्बा र सुमन शर्मा जम्मरकट्टेल, प्याब्सन अर्जुनधाराका सल्लाहकार रुद्र सिटौलालगायतले उनीहरुलाई ट्रफी र मेडल वितरण गरेका थिए ।

प्रतियोगिता अन्र्तगत क्रिकेट, यू–१५ फुटबल, पुरुष भलिबल(कक्षा–१०), महिला भलिबल(कक्षा–१०), पुरुष भलिबल(कक्षा–११ र १२) र महिला भलिबल(कक्षा–११ र १२) प्रतियोगितामा प्रथम हुने विद्यालय प्याब्सन झापाको जिल्लास्तरिय प्रतियोगिताका लागि छनौट भएको अध्यक्ष गौतमले जानकारी दिए । सदस्य भास्कर भट्टराईले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव नेपालले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here