विमल दहाल, इलाम ।
न्यायिक समिति संजाल इलामको अध्यक्षतामा माई नगरपालिका उपप्रमुख हिमा भण्डारी चयन हुनुभएको छ । “न्यायको पहुँचमा विस्तार,सुशासनको आधार” भन्ने नाराका साथ मंगलवार माई नगरपालिका इलाममा सम्पन्न तेस्रो वैठकवाट भण्डारीलाई पद हस्तान्तरण गरिएको हो ।
इलाम जिल्लाका १० पालिका भित्रका उपप्रमुख/उपाध्यक्ष एवम् न्यायिक समितिका संयोजक, सदस्य, माई नगरपालिका प्रमुख प्रशासकिय अधिकृत, सबै पालिकाका उजुरी प्रशासक, मेलमिलापकर्ता लगायतको सहभागिता रहेको न्यायिक समिति संजाल इलामको अध्यक्षता हस्तान्तरण कार्यक्रममा सन्दकपुर गाँउपालिका उपाध्यक्ष हरि लुङ्गेलीले माईन्युट सहित पद हस्तान्तरण गर्नुभएको हो।
बैठकमा इलाम नगरपालिका उपप्रमुख बिष्णुमाया लिम्बु दहाल, सुर्योदय नगरपालिका उपप्रमुख दुर्गा वराल, फाकफोकथुम गाँउपालिका उपाध्यक्ष कल्पना राई, माईजोगमाई गाँउपालिका उपाध्यक्ष प्रविना राई, चुलाचुली गाँउपालिका उपाध्यक्ष दिलु लावती, माङ्सेबुङ्ग गाँउपालिका उपाध्यक्ष विनोद लिम्बु, रोङ गाँउपालिका उपाध्यक्ष बिष्णुमाया खवास, सन्दकपुर गाँउपालिका उपाध्यक्ष हरि लुङ्गेली, माई नगरपालिका प्रमुख प्रशासकिय अधिकृत महेन्द्र विश्वकर्मा, देउमाई नगरपालिका उजुरी प्रशासक डिमला राई, माईजोगमाई उजुरी प्रशासक श्याम स्याम्वो, मेलमिलापकर्ताको तर्फवाट विमल दहाल लगायतले स्थानीय तहमा भएका विवाद निरुपणका समस्या, चुनौती र अवसरका विषयमा अन्तरकृया मार्फत जानकारी गराउनु भएको थियो ।
न्यायिक समितिको सचिवालय,माई नगरपालिका,इलामको आयोजना सम्पन्न बैठक माई नगरपालिका उपप्रमुख हिमा भण्डारीको अध्यक्षता र उजुरी प्रशासक हिमाल मिश्रको सञ्चालनमा सम्पन्न भएको थियो ।
न्यायिक समिति संजाल इलामको अध्यक्षता हस्तान्तरण कार्यक्रम हरेक ३ महिनामा अलग पालिकामा हुने गरि सञ्चालन रहदै आईएको छ । सुर्योदय नगरपालिकावाट शुरु भएको बैठक, सन्दकपुर गाँउपालिका हुदै माई नगरपालिकामा गरिएको हो भने आगामी चैत्रमा फाकफोकथुम गाँउपालिकामा सञ्चालन गरिने प्रस्ताव गरिएको छ ।
बैठकले सन्दकपुर मेलमेलाप सम्मेलनको समिक्षा, आगामी महिना माई नगरपालिकामा कार्यक्रम गर्ने प्रस्ताव, जिल्लाका जेष्ठ मेलमिलापकर्तालाई सम्मान गर्ने, पहुुँच विहिनहरुको लागि न्यायमा पँहुचका लागि कार्य गर्ने, हिंसा पिडित महिला वालवालिकालाई जिल्लामा एक आवशिय हेरचाहा केन्द्र निर्माणका लागि सबैपालिकाको सहयोग सुनिश्चितता गराउने लगायतका निर्णय गरेको माई नगरपालिका उजुरी प्रशासक हिमाल मिश्रले जानकारी दिनुभयो ।