सार:
धार्मिक तीर्थस्थलहरू प्राचीन सम्पदाको रुपमा छन् l हरेक देशले प्राचीन सम्पदाहरूलाई संरक्षण गर्ने र महत्व दिने कार्य गरिरहेको हुन्छ l हाम्रो देश नेपालमा पनि धार्मिक सम्पदाहरू प्राचीनकालिन छन् lखासगरी किराँत, बौद्ध र हिन्दु परम्पराका प्राचीनकालिन सम्पदाहरू रहेका छन् l यी सम्पूर्ण सम्पदाहरू धार्मिक तीर्थस्थलको रुपमा पर्यटनका लागि अति महत्वपूर्ण छन् l नेपालका लागि धार्मिक पर्यटनको सकारात्मक प्रभावहरू समुदायको विभिन्न क्षेत्रमा परेको पाइन्छ l विदेशी मुद्रा आर्जन गर्न र देशको आर्थिक वृद्धि गर्नमा धार्मिक पर्यटनले सघाउ पुर्याएको हुन्छ l त्यतिमात्र होइन, नेपालको सबै धर्म र संस्कृतिको संरक्षण तथा सम्बर्द्धनमा समेत मद्दत पुगेको हुन्छ भन्न खोजिएको छ l
यस लेखका मुख्य शब्दहरू:
धार्मिक स्थल,तीर्थस्थल, पर्यटन,परिभाषा, प्रकार,आकर्षण, गन्तव्य, मुद्रा,आर्थिक वृद्धि, धर्म l
धार्मिक पर्यटन:
पर्यटन भन्नाले आफ्नो घरछाडेर कम्तिमा २४ घन्टाको लागि भएपनि अन्यत्र बास बसेर फर्किनुलाई भनिन्छ lआफन्तकोमा बास बसेर खर्च नै नगरी नयाँ ठाउँ हेरेर घर फर्कनुलाई पर्यटन भनिन्दैन lपर्यटन हुनका लागि बास बसेर मात्र हुदैन, पैसा खर्च भएको हुनुपर्छ भन्ने छ l
पर्यटनलाई धेरै विद्वानहरूले आ-आफ्नो तरिकाले परिभाषा दिएका छन् l पर्यटन भनेको व्यापारिक उदेश्यले नभई व्यक्तिगत आनन्दको लागि विभिन्न स्थानमा यात्रा गर्ने आर्थिक क्रियाकलाप हो (Hermann Von Schullard,1910) l त्यस्तै (Kaplan, 1994) ले पर्यटन भनेको व्यक्तिगत र सामाजिक अनुभवको आदान प्रदान हो, जसले स्थानीय अर्थतन्त्र, संस्कृति र वातावरणको योगदान पुर्याउँछ, भनेका छन् l
अटन संस्कृत शब्द हो lअटनको अर्थ यात्रा हो lतीर्थाटन भन्नुको अर्थ तीर्थयात्रा अर्थात् धार्मिक पर्यटनलाई बुझाउँछ lधार्मिक पर्यटन एकप्रकारको अध्यात्मिक यात्रा हो lयो यात्रा धार्मिक रुपमा उत्प्रेरित हुन्छ l कहिलेकाँही लामो दुरीमा अर्थात् बाहिरी देशसम्म धर्म स्थलहरूको अवलोकन र भ्रमण गर्ने कार्यहरू, अभ्यासहरू रहेको पाइन्छ l धार्मिक पर्यटन प्राचीनकालदेखि नै प्रचलनमा रहेको देखिन्छ l विश्वमा धेरै देशहरूमा धेरै प्रकारका धर्महरू छन् l ती धर्म अनुसारका मठ, मन्दिर, विहार, स्तुप, स्तम्भ, मस्जिद, चर्च, पोखरी, ताल, नदी,नाला जस्ता आकर्षणहरू धार्मिक स्थलका रुपमा रहेका छन् l तीनै स्थलहरूको भ्रमण गर्ने कार्य नै धार्मिक पर्यटन हो भन्न सकिन्छ l
धार्मिक पर्यटनमा धार्मिक व्यक्तिहरू आस्था र विश्वासका साथ गन्तव्यसम्म पुग्छन् l सम्बन्धित धर्म मान्ने व्यक्तिहरू अध्यात्मिक रुपमा प्रेरित भएका हुन्छन् l धार्मिक स्थलहरूको अवलोकन र अध्ययनका लागि भ्रमण गर्ने कार्यलाई पनि धार्मिक पर्यटनको रुपमा परिभाषित गर्न सकिन्छ l यस्ता पर्यटनमा जुन धर्म स्थल हो त्यहि धर्मका व्यक्ति हुन पनि सक्छ वा नहुन पनि सक्छ l
यसरी गैर धार्मिक व्यक्तिले धार्मिक स्थलको थप ज्ञानका लागि गर्ने भ्रमणलाई पनि धार्मिक पर्यटनका रुपमा लिन सकिन्छ l धार्मिक पर्यटन कुनै नयाँ अवधारणा होइन l मानिसहरूले लामो समयदेखि धार्मिक स्थलहरूमा यात्रा गर्दै आएका छन् l तर सामान्यतया यी यात्राहरू हाम्रो समाजमा खास गरी उच्च स्तरका मानिसहरूमा सिमित थियो l यी मानिसहरूले आफ्नो यात्राको आनन्द लिन, धर्म, संस्कृति र मनोरंजन गतिविधिमा सहभागी हुने गरेको पाइन्छ l आज धार्मिक पर्यटन एक ताजा बजारको रुपमा छ, जहा मानिसहरू आफ्नो देश वा बाहिरी देश यात्रा गर्नका लागि विशेष गरी धार्मिक गन्तव्यहरूको लागि आफ्नो तयारी गरेका हुन्छन् l
धार्मिक पर्यटनलाई ३ अर्थमा बुझ्न सकिन्छ:
- तीर्थयात्रा:
तीर्थयात्रा जुन धर्म मान्ने व्यक्ति हुन्छ, त्यहि धर्मका धर्मस्थलहरूमा भ्रमण गर्ने गरिन्छ l यसप्रकारका तीर्थयात्रामा ठुला, ठुला भेलाहरूको आयोजना हुन्छन् l जस्तै:- हिन्दु धर्मालम्बीहरूको कुम्भमेला जहा लाखौँदेखि करोडौं मानिसहरूको एक स्थानमा जमघट हुन्छ l त्यस्तै इस्लाम धर्मालम्बीहरूको मक्का, मदिनामा हज गर्ने पनि तीर्थयात्रा नै हो l
- धार्मिक स्थल:
धार्मिक स्थलहरूमा धर्म, कला, कृति, वास्तुकला, इतिहास, व्यक्तिगत वंश जस्ता विभिन्न प्रकारका रुचिबाट प्रेरित हुन्छन् l मानिसहरूले पवित्र स्थानहरूमा रुची पुर्वक तरिकाले भ्रमण गर्छन् l नेपालमा हिन्दु मठ-मन्दिर, बौद्ध विहार, स्तुपा, स्तम्भहरू छन् भने इस्लाम, सिख तथा अनेकौं प्रकारका धर्महरूको धर्म स्थलहरू छन् l भारत लगायत जापान, चीन, श्रीलंका, थाइल्याण्ड जस्ता धेरै देशहरू सुन्दर रुपमा रहेका छन् lरुची राख्ने सम्बन्धित व्यक्तिहरूले यस्ता धार्मिक स्थलहरूको यात्रा गर्ने गर्छन् l
- धर्म निरपेक्ष तीर्थयात्रा:
धर्म निरपेक्ष तीर्थयात्रा आधुनिक अवधारणा हो l यसमा विशुद्ध वा पवित्र रुपमा आनन्द प्राप्त गरिन्छ l यस अन्तर्गत जुनसुकै धर्म मान्ने वा नमान्ने जो कोहि व्यक्ति अन्य धर्मका धर्म स्थलहरूमा यात्रा गर्ने गर्छन् lखासगरी हिमाली क्षेत्रमा रहेका धार्मिक स्थलहरू र त्यहाँका संस्कृति र कलाहरूको अवलोकन गर्ने गरेको पाइन्छ l जस्तै:- सोलुखुम्बुको तेंग्बोचे गुम्बा (थामे गुम्बा) भनिन्छ, त्यहाँ विदेशी पर्यटकहरू महिनौ दिनसम्म चल्ने तिजी, मणिरिम्दु नाच (Mask Dance) हेर्न आउँछन् l हिमाली क्षेत्रका माथिल्लो मुस्ताङ लगायत अन्य भूभागहरूमा विदेशी वा स्वदेशी पर्यटकहरूको आगमन रहेको पाइन्छ l
नेपालमा प्रशस्त मात्रामा धार्मिक तथा आध्यात्मिक पर्यटनका लागि लामो इतिहास रहेको छ lनेपालमा धार्मिक र अध्यात्मिक पर्यटन विशेष गरेर तीन तरिकामा विकास भैरहेको पाइन्छ (NEPALI PEN, 2024) l
- तीर्थयात्राको दृष्टिकोणले पशुपतिनाथ, लुम्बिनी, मुक्तिनाथ, स्वर्गद्वारीको भ्रमण l
- ध्यान र योगको दृष्टिकोणले विपश्यना केन्द्रहरू, बौद्ध गुम्बा र विहारहरूको भ्रमण l
- ग्रामिण भेगमा होम स्टेको रुपमाभ्रमण l
धार्मिक पर्यटनको लोकप्रियता:
पूर्वीय र पश्चिमी धर्म अनुसारको लोकप्रियता फरक फरक किसिमको पाइन्छ l पश्चिमी भन्दा पूर्वीया धर्ममा आत्मियता र संघसितको अभ्यास बढी देखिन्छ, जसले गर्दा कला, संस्कृतिको विकास भैरहेको हुन्छ l यस अवस्थामा धार्मिक पर्यटनको लोकप्रियता बढेको हुन्छ l धार्मिक लोकप्रियतामा निम्न कुराहरू समावेश हुन्छन्:
- कृतज्ञता र स्वीकार्यता l
- अध्यात्मिक रुपमा मुक्तिl
- धार्मिक घटना वा गतिविधिमा संलग्नताl
- अन्य धार्मिक व्यक्तिहरूसित दोहोरो संचारl
- कला र संस्कृतिको सम्मान र प्रभावलाई आत्मसातl
लोकप्रिय धार्मिक पर्यटनका गन्तव्यहरू:
नेपालको सन्दर्भमालोकप्रिय धार्मिक गन्तव्यहरूमा लुम्बिनी, पशुपतिनाथ, मुक्तिनाथ, स्वर्गद्वारी, हलेसी महादेव, पूर्वमा पाथिभरादेवीलाई लिन सकिन्छ l
लुम्बिनी बुद्धको जन्मस्थलका रुपमा प्रसिद्ध छ l युनेस्कोले विश्वसम्पदा सुचीमा सुचीकृत गरेको यो स्थान बौद्ध धर्मालम्बीहरू मात्र नभई विश्वभरका पर्यटकहरूका लागि मायादेवी मन्दिर, अशोक स्तम्भ र विभिन्न देशहरूले निर्माण गरेका गुम्बाहरू तथा विहारहरू मुख्य आकर्षण हुन् (UNESCO, 1979) l
पशुपतिनाथ मन्दिर काठमान्डौमा अवस्थित हिन्दु धर्मालम्बीहरूको पवित्र धार्मिक स्थल हो l पशुपतिनाथ मन्दिर पनि युनेस्कोले सूचीकृत गरेको छ (UNESCO 1979)l
मुक्तिनाथ मन्दिर मुस्ताङ जिल्लाको समुन्द्र सतहदेखि ३७१० मिटरको उचाईमा अवस्थित छ l यो मन्दिर हिन्दु र बौद्ध दुवै धर्मालम्बीहरूको लागि साझा पवित्र स्थल हो (Bernbaum, 2005) l
स्वर्गद्वारी मन्दिर प्युठान जिल्लामा अवस्थित नेपालको प्राचीन मन्दिर मध्ये एक हो l यहाँ प्रत्येक वर्ष वैशाख पूर्णिमा, बुद्धजयन्ती र उभौली पर्वको अवसरमा ठुलो मेला लाग्छ (Nepal Tourism Board,2020) l
हलेसी महादेव खोटाङ जिल्लामा अवस्थित तीर्थस्थल हो l यो हिन्दु, बौद्ध, किराँत धर्मालम्बीहरूको लागि पवित्र स्थल मानिन्छ (Nepal Tourism Board,2020) l
अन्य गन्तव्यहरूमा अन्तर्राष्ट्रिय धार्मिक गन्तव्यहरूलाई लिन सकिन्छ l यस अन्तर्गत मक्का-मदिना (साउदी अरेबिया), भ्याकन सिटी (इटाली), लर्देस (फ्रान्स), बेथलेम (प्यालेस्टाइन) जस्ता तीर्थस्थललाई उल्लेख गर्न सकिन्छ lत्यसैगरी भारतको वाराणसी (उत्तर प्रदेश), अमृतसर (पन्जाब), हरिद्वार (उत्तराखण्ड), बोध्गया (बिहार), तिरुपति (आन्द्र प्रदेश) जस्ता तीर्थस्थल धार्मिक गन्तव्यका रुपमा रहेका छन् (Nature Worldwide,2023) l
धार्मिक पर्यटनका प्रभाव:
धार्मिक पर्यटन विश्वभरका मानिसहरूलाई आकर्षित गर्ने महत्वपूर्ण गतिविधि हो l यो केवल अध्यात्मिक शान्तिका लागि नभई सांस्कृतिक अध्ययन र विश्वभरका समुदायहरूसँगको सम्पर्कको माध्यम पनि हो (Smith,2003) l धार्मिक पर्यटनले धार्मिक ऐतिहासिक स्थलहरूको संरक्षणमा मद्दत गर्दछ भने आर्थिक रुपमा समेत देशहरूलाई फाइदा पुर्याउँछ l नेपालको सन्दर्भमा पर्यटनको प्रभावहरूलाई विभिन्न दृष्टिकोणमा चर्चा गर्न सकिन्छ:
- सकारात्मक आर्थिक प्रभावहरू:
- रोजगार सिर्जना: पर्यटनले प्रत्यक्ष रुपमा रोजगारको उत्पति गर्छ l जस्तै:- होटल, गाइड सेवा, रेस्टुरेन्ट, ट्राभल्स एजेन्सी इत्यादि l
पर्यटनले अप्रत्यक्ष रुपमा रोजगार प्रदान गर्छ l जस्तै:- हस्तकला उत्पादन, स्थानीय कृषि उत्पादन, स्थानीय यातायात, स्थानीय ट्रेकिंग गाइड र होटलमा जीविकोपार्जनका लागि काम गर्ने जस्ता रोजगारहरूलाई लिन सकिन्छ l
- विदेशी मुद्रा आर्जन: विदेशी मुद्रा आर्जन गर्न सकिने मुख्य श्रोत पर्यटन नै हो l पर्यटकको यात्राका क्रममा होटल बस्ने, गाइड सेवा लिने, कला र संस्कृति सम्बन्धी वस्तुहरू खरिद गर्ने कारणले विदेशी मुद्रा भित्रिने हुन्छ l
व्यापार घाटालाई न्यून गर्न र देशको मुद्रालाई बलियो बनाउन पर्यटनले महत्वपूर्ण भूमिका खेल्छ l जस्तै:-लुम्बिनी भ्रमण, हिमाल आरोहनका लागि सगरमाथा बेस क्याम्प, पोखराका होटलहरूमा पर्यटनसित निकट सेवाहरूको खरिदमा विदेशी पर्यटकहरूले ठुलै खर्च गर्ने गर्छन् l
- राजस्व वृद्धि: नेपालको सन्दर्भमा सरकारले पर्यटनबाट कर, प्रवेश शुल्क तथा भन्सार शुल्क संकलन गरेर ठुलो मात्रामा अर्थ जम्मा गर्छ l विभिन्न राष्ट्रिय निकुंजहरूको प्रवेश शुल्कले ठुलै आकारमा राजस्व संकलन गरेको देखिन्छ l
- स्थानीय उत्पादन वा व्यवसाय प्रवर्द्धन: जुनसुकै पर्यटकले सेवा वा उत्पादन खरिद गर्छ भने त्यो लाभ स्थानीयलाई हुन जान्छ l स्थानीय स्तरमा तयार गरिएका हस्तकला विभिन्न वस्तुहरू, कपडाहरू, माटा वा धातुका मूर्तिहरू वा भाडाकुडाहरू वा खानाका विभिन्न आकर्षण परिकारहरू पर्यटकहरूलाई मन पर्ने वस्तु हुन सक्छ l यसको बिक्रीले स्थानीयलाई नै लाभ प्राप्त हुन्छ जसले गर्दा व्यवसाय प्रवर्द्धनमा मद्दत पुगिरहेको हुन्छ l
- पूर्वाधार विकास: पर्यटनको विकास गर्नका लागि बाध्य वा अनिवार्य हुने पूर्वाधार विकास हो l विमान स्थल निर्माण, विद्युत ,संचार, पानी जस्ता कुरालाई पूर्वाधारका रुपमा विकास गरिन्छ l जस्तै:- पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमान स्थल lयस्ता पूर्वाधारले स्थानीय समुदायलाई पनि फायदा पुगेको हुन्छ l यसले आर्थिक प्रभाव र गतिविधिसित सिधै सम्बन्ध राखेको हुन्छ l
- ग्रामिण अर्थतन्त्रको सुदृढिकरण:
व्यवस्थापन मिलाउन सक्दा दुर्गम गाउँमा पनि पर्यटनले आर्थिक गतिविधिहरूको सृजना गर्न सक्छ l ग्रामिण स्तरमा गाउँलेहरूले होम स्टे, गाइड सेवा, स्थानीय कलावस्तु उत्पादनले आम्दानी गर्न सकिन्छ l यो कुराको पुष्टि उदाहरणको रुपमा घान्द्रुक र घले गाउँलाई लिन सकिन्छ l त्यहाँ नमुनाको रुपमा स्थानीयको जीवनशैली परिवर्तन भएको छ, जुन पर्यटनका लागि आकर्षणको गन्तव्य भएको छ l
- सामाजिक संस्कृति वस्तुको रुपमा बिक्रि गर्न सकिने: नेपालका विभिन्न धर्म अन्तर्गतका जात जातिहरूको आ-आफ्नै सामाजिक मूल्य मान्यताको संस्कृति र संस्कारहरू हुन्छन् l जस्तै:- थारु जातिको चोर्खेल नाच, मगर जातिको मारुनी र हुर्रा नाच, त्यसैगरी हिमाली क्षेत्रमा विभिन्न कला र चलनहरू प्रदर्शन गरिने लायकका महोत्सवहरू हुन्छन् जुन पर्यटकका लागि मात्र विनिमय गर्न सकिन्छ l यसलाई आर्थिक आर्जनको रुपमा अनेकौं होटल र होम स्टे वा बास स्थानको वातावरणमा देखाउन सकिन्छ l हाल यो गतिविधि हुदै आएको पाइन्छ l यो प्रभाव पर्यटनले गर्दा देखापरेको हो l
निष्कर्ष:
धार्मिक पर्यटन यस्तो उद्योग हो जहाँ धर्मको आस्था, विश्वासमा धार्मिक सम्पदाहरूलाई जगेर्ना गरिएको हुन्छ l यस्ता सम्पदाहरूको अवलोकन गर्न धार्मिक उदेश्य वा अन्य उदेश्यले ज्ञान प्राप्त गर्न र आनन्द लिन धार्मिक वा गैर धार्मिक व्यक्तिहरू आउने गर्छन् l यो कार्यले नेपाल जस्तो मुलुकलाई आर्थिक विकासमा टेवा पुगिरहेको हुन्छ l देशको आर्थिक वृद्धि, समाजको कला, संस्कृतिको जगेर्नाका लागि धार्मिक पर्यटनलाई सबै नेपालीले बुझ्नु र चासो राख्नु आवश्यक छ l
सन्दर्भ श्रोत:
- Bernbaum, E. (2005). Sacred Mountains of the World. University of California Press.
- (1978). Lumbini, the Birthplace of the Lord Buddha.
- Nepal Tourism Board. (2020). Religious Sites of Nepal.
- Smith, V.L. (2003). Hosts and Guests: The Anthropology of Tourism. University of Pennsylvania Press.
- NEPALI PEN (2024)
- Nature Worldwide, (2023).