झापा । सतासी बहुउद्देश्यीय सहकारी संस्थाको २१ औैं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
बिर्तामोडमा सोमवार आयोजित सहकारीको साधारण सभाको उद्घाटन राष्ट्रिय सहकारी बैंकका अध्यक्ष महेन्द्र कुमार गिरीले गरेका थिए । संस्थाका अध्यक्ष रुद्रमणि श्रेष्ठले सहकारीको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आगामी चार बर्षीय रणनीतितक वित्तीय लक्ष्य प्रस्तुत गरेका थिए । उनले आर्थिक वर्ष २०८१÷०८२ देखि आर्थिक वर्ष २०८४÷०८५ सम्मको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
सहकारीमा शेयर पूँजी वृद्धि गर्ने, सबै प्रकारका कोषको वृद्धि गर्ने, बचत तथा निक्षेप वृद्धि गर्ने र बाह्य ऋण घटाउँदै लाने लगायतका चार बर्षीय रणनीतितक वित्तीय लक्ष्य सहितको प्रतिवेदन अध्यक्ष श्रेष्ठले प्रस्तुत गरेका थिए ।
नीति तथा कार्यविधि संशोधन तथा निर्माण, ऋण लगानी, अचल सम्पत्ती धितो लिलाम तथा लिलामबाट प्रप्त सम्पत्ति , सदस्य रहात कार्यक्रम , पसल व्यवस्थापन, सक्षित पूँजी फिर्ता कोष र शेयर लाभान्स कोषको रकम बितरण एकीकरण , लेखा परीक्षकको नियुत्ती तथा पारिश्रमिक निर्धारण , सेवा केन्द्र संचालन, वाह्य ऋण माग गर्ने लगायतका संस्थाले नीति तथा कार्यक्रमहरु अघि सारिएको संस्थाका अध्यक्ष श्रेष्ठले बताए ।
सहकारीले आर्थिक वर्ष २०८०÷०८१ असार मसान्त सम्ममा सहकारीको शेयर पूँजी सात करोड २७ लाख ५७ हजार चार सय रुपैयाँ रहेको छ । त्यस्तै साधारण जगेडा कोष तीन करोड १६ लाख ३९ हजार २३ रुपैयाँ ५५ पैसा , अन्य कोष चार करोड २० लाख ९५ हजार २ सय ३४ रुपैयाँ रहेको छ ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका राष्ट्रिय सहकारी बैंकका हालै निर्वाचित अध्यक्ष महेन्द्र कुमार गिरीलाई कार्यकाल सफलताको शुभकामना सहित सम्मान गरिएको थियो । यसैगरी संस्थाका निबर्तमान प्रवन्धक सन्तोष श्रेष्ठलाई ससम्मान विदाई गरिएको थियो ।
सहकारीकी उपाध्यक्ष सुजता गुरुङ थापा मगरले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि गिरी सहित बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्योपाने, कर्णाली सहकारी संस्थाका अध्यक्ष टस बहादुर श्रेष्ठ, महिला उद्यमी शुष्मा पौडेल, बिर्तामोड वडा नम्वर ५ का कार्यवहाक अध्यक्ष ओमभक्त सेडाई , जिल्ला सहकारी संघका सदस्य केशव कुमार वस्नेत लगायतले शुभकामना राखेका थिए ।
लेखा सुपरीवेक्षण समितिका संयोजक दिनेश शाक्यले लेखा प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन संस्थाका प्रवन्धक झलेन्द्रप्रसाद दाहालले गरेका थिए ।