ट्रयाक्टरको ठक्करबाट एक जनाको मृत्यु

0
17

इनरूवा (सुनसरी),

सुनसरीको हरिनगर गाउँपालिका–४ मा ट्रयाक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय उमेश मेहता रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भुटाहाबाट चिमडीतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ त २४७१ नम्बरको ट्र्याक्टरले पैदल यात्रीलाई ठक्कर दिँदा गम्भीर घाइते भएका मेहतालाई उपचारका लागि जिल्ला अस्पताल इनरूवामा पुर्याइएको र उपचारका क्रममा उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खतिवडाले जानकारी दिनुभयो ।

ट्रयाक्टर र चालक रूपेश सरदारलाई इलाका प्रहरी कार्यालय हरिनगरको नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here