हतियारसहित भारतीय नागरिक पक्राउ

0
85

झापा, पेस्तोल जस्तो देखिने चालू अवस्थामा रहेको हतियार सहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत पश्चिम बंगाल जिल्ला दार्जिलिङ जलपाईगुडी थाना भक्तिनगर सेवक रोड सिलिगुडी निवासी २५ वर्षीय प्रतिक अग्रवाल रहेका छन् ।
मंगलवार विहान इलाका प्रहरी कार्यालय काँकरभिट्टा र सशस्त्र प्रहरी बल नेपाल प्रस्ताबित सीमा सुरक्षा गुल्म काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले मेची भन्सार कार्यालयको परिसरभित्र सवारी साधन तथा यात्रु चेकजाँच गर्ने क्रममा अग्रवालले चलाएर ल्याएको डब्लुबी ७४एजे०४०० नम्बरको स्कुटरको डिकीभित्र लुकाई छिपाई राखेको अवस्थामा एयर पेस्तोल जस्तो देखिने चालु अवस्थामा रहेको हतियार बरामद भएको थियो ।
त्योसंगै उनले बोकेको सानो छालाको साईड ब्यागभित्र प्लास्टिकको पोकोमा १८ थान उक्त हतियारमा लाग्ने मेटल बुलेट, मोबाईल थान ४ फेला परेको थियो ।
उक्त अवैध हतियार,मोबाईल र सवारी साधनसहित उनलाई नियण्त्रणमा लिई इप्रका काँकरभिट्टामा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक खगेन्द्र खड्काले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here