
अति गर्वे हता लंका, अति माने च कौरवा ।
अति दाने वर्लि वद्ध अति सर्वत्र वर्जयेत । नीति
अति घमण्डका कारण लय ध्वस्त भयो । अति मान भएकै कारण कौरवको विनाश भयो । अति दान गर्नाले बलि राजा बाँधिए । त्यसैले अति सबैतिर अमान्य छ भन्ने नीतिको प्रशंसा अत्यन्त व्यवहारिक छ । अति पनि चार भएपछि अत्याचार हुन्छ । यहि प्रशंसामा कलम कर्मी सकारात्मक भएपनि वर्तमान परिवेशलाई नियाल्न मन लाग्यो ।
मनोरञ्जन – मानव स्वभावैले मनोरञ्जन प्रेमी हुन्छ । यद्यपि यसको पनि सीमा हुँदोरहेछ । घाँटी हेरी हाड निल्नुु भन्ने पुर्खाको उखान सम्झेर सीमाभित्र मात्र रहन पाए हुन्थ्यो । त्यसैले यहाँ मनोरञ्जन वारे चर्चा गरौं ः
मोबाइलको लत ः विज्ञानको यस जमानामा सञ्चारको प्रविधि ह्वात्तै बडयो । यो कलम कार्मी आ. वा.मा गएर बाहिर समाचार लेखेर अक्षरका हिसाबले आ.वा. गरेको मान्छे,आज साना–ठूला, लुते लङ्गडा, सबैका हातमा फोन भएको देख्दा अचम्म लागेको छ । साह्रै चाँडो यो प्रविधि बढेकोमा खुशी लाग्छ । तर, प्रयोग गर्दागर्दै अलिक धेरै पो भयो कि ? जम्मा २४ घण्टामा १८÷२० घण्टा मोबाइलको मजा लिँदालिँदै दिमाग गोल त हुँदैन ? विशेषगरी बाल मष्तिस्कमा यसले रोग ल्याउँछ । आँखा, दिमाग गोल त हँुदैन ? आँखा दिमाग हँुदै चाँडै पागलपन पो आउँछ कि ? कक्षा कोठा बाहेक त नानी बाबुहरुसँग बोल्न, खेल्न, हाँसीमजाक गर्न पनि नसकिने अवस्था आयो । घरमा को आयो ? के भन्दैछ ? सबै घोप्टो परेर फेसबुक, युटुव र गेममा व्यस्त ! कठै ।
फेसन ः बल्लतल्ल दशैंमा नयाँ कपडा लगाउने यो कलमकर्मीलाई हालको नयाँ फेसनले बेहोस प्रायः बनायो । एकजना पिताजीको तर्क मन प¥यो । पिताजी भन्दै हुनुहुन्थ्यो– ‘हेर्नुन नानी एउटा नातिलाई हुर्काउनु प¥यो भनेको छोरा–बुहारीले हप्तैपिच्छे ल्याएको पोसाकले थिचेर हुर्कन पाएन । अलिक नयाँ मोडलमा आयो कि प्रयोग गर्नैपर्ने ।’ अझ रमाइलो त के भने विदेशी संस्कृतिको नक्कल सिनेमा, टिभी, ल्यापटप, मोबाइल आदिबाट अनुकरण गर्नुपर्ने अनि विदेशीले थोत्रा च्यातिएका कपडा बिकाउन बजारमा ल्याएका त नयाँ किनेर पनि घुँडा, तिघ्रा च्यातेर अङ्ग प्रर्दशन गर्न किन ताम्सिएका होलान् ।
विशेषगरी छोरी÷चेलीलाई फेसनमा लागेको मोह अलिक बढ्तापो भयो कि । स्वास्थ्यमा बाँधा, अङ्ग प्रर्दशनले बलात्कारको डर, अर्थको दुरुप्रयोग, समय र श्रमको खर्च, जसले गर्दा शरीर बनाउँदै शिक्षा–दीक्षा, संस्कार–संस्कृति, भेषभूषा, धर्म–कर्ममा आँच आउने डर देखियो । सीमासम्म गरौं तर केटाकेटी नछुटिने गरी फेसनमा नबड्दा भविष्य उज्वल हुन्छ ।
विदेशको मोह ः दोस्रो विश्वयुद्धमा ठूलो जनधनको क्षति भयो । जनसंख्या ज्यादै कम भएकाले चिनमा धेरै सन्तान हुनेलाई पुरस्कारको व्यवस्था भएछ । जसले गर्दा यति धेरै जनसंख्या भयो कि खाने वस्तु नभएर बाँसको पताई (पात) कुटेर रोटी पकाएर प्राण धान्नु परेछ । तब आवश्यक परेपछि आविस्कार यसरी भएछ कि आजभोलि चाइनिज सामान विश्व पुगेको छ । त्यसैले नेसेसरी इज दि मदर अफ इन्भिटेसन भनियो ।
हाम्रो देश नेपाल प्राकृतिक, मौगोलिक, सांस्कृतिक हराभरा भएको पुण्य पवित्र भूमि हो । सर्वोच्च हिमालदेखि पहाड तराईले सुसज्जित देशलाई विश्वको नमूना बनाउनुपर्नेमा हालको दुरावस्ता युवायुवतीहरु विदेश पलायन हुँदै गरेको दुःखद् अवस्थाप्रति चिन्ता व्यक्त गर्दै बालक अवस्थाबाटै बाबु नानीहरुमा विदेशको भुत चढाउनु हामी सबैको ठूलो कमजोरी र दुर्भाग्य हो । एक सय जना विद्यार्थीहरु बीच विदेश र स्वदेशको लागि हात उठाउन लगाए ९५ ले विदेश भन्छन् । कठै ! हाम्रो देशमा चाहिँ कसले, कहिले र कसरी ? विकास निर्माणका काम गर्ने ? अब पनि होस नफिरे कहिले फिर्ला !
फोटो÷टिकटक ः विवाह, उपनयन, पाठ, पूजा, पुराण, सभा समारोह, हाट बजार सबै फोटोको रमाइलेमा डुब्यो । छुदाखाँदाको कलकलाउँदो शरीरमा रागेपाटे, धर्सा पारेर (ट्याटो) रुपै बिगारेको छ । हात र गोडाका नङ पाल्ने, पालिस लगाएर सजाएपछि कामधन्दा गर्ने कुरै भएन ! भेला भयो अगाडि मोवाइल राखेर टिकटकमा सिमित । सीमा नाग्यो ।
आहार÷विहार ः जस्तो खाना, उस्तै बुद्धि जस्तो बुद्धी उस्तै कर्म । यो उक्ति अत्यन्त ह्दयस्पर्शी छ । गाडीमा पेट्रोल ठिकसँग राख्दा मात्र गाडी कुदे भैmं शरीरले मागे अनुसार खाना खानुपर्छ । सात्विक भोजन अमृत तुल्य हुन्छ । ठीक समयमा खाने, ठीक समयमा आराम गर्ने, ठीक समयमा परिश्रम गर्ने गरेमा मात्र शरीरले ठीकसँग कार्य गर्न सक्छ । जम्मा २४ घण्टामा छ घण्टा आराम, छ घण्टा पेट पाल्ने काम, छ घण्टा समाजसेवा, छ घण्टा पुस्तक पत्र पत्रिका र व्यायाम, पूजा, जप, योगा गरेमा स्वास्थ्यका लागि राम्रो हुन्छ ।
‘शरीर माध्यम खलु धर्म साधनम्’ धर्मकर्म आदिको माध्यम नै शरीर हो । ‘हेल्थ इज लस्ट एभरिथिङ इज लस्ट’लाई मध्यनजर राखेर सबैभन्दा बढी आप्mनो शरीरको माया गर्नुपर्छ । तर, आजभोलि बजारे फास्टफुडबाट आक्रान्त सामाजलाई बालबच्चाबाट बचाएर राख्नु या राख्न लगाउनु नितान्त आवश्यक छ ।
























