बसपार्क सरसफाई सम्पन्न, श्रम औजार सहयोग

0
119

बिर्तामोड ।

अर्जुनधारा-११ बिर्तामोडमा रहेको नयाँ बसपार्क क्षेत्रको सरसफाई कार्य सम्पन्न भएको छ।

स्वतन्त्र नागरिक समाज बिर्तामोडको आयोजना तथा युवा नागरिक समाज, झापा र भूतपूर्व भारतीय गोर्खा सैनिक संघ, बिर्तामोडको सहकार्यमा आयोजित बृहत् श्रमदान तथा सरसफाइ अभियान अन्तरगत साप्ताहिकरुपमा लगातार तीनपटक सरसफाइ कार्यक्रम सञ्चालन गरी बसपार्क क्षेत्रको सरसफाइ कार्य पूर्ण रुपमा सम्पन्न भएको हो।

बिर्तामोडमा स्वतन्त्र नागरिक समाज गठन भएसँगै शुरु गरिएको श्रमदान अभियानलाई निरन्तरता दिंदै छैटौं पटकको कार्यक्रम उत्साहपूर्वक सम्पन्न भइसकेको स्वतन्त्र नागरिक समाजका संयोजक हिमालयप्रकाश कन्दङ्वाले बताए। उनले निस्वार्थरुपमा देश विकासमा सहयोग पुर्याउने उदेश्यका साथ शुरु भएको अभियानमा जोडिन र श्रमदान सामाग्री सहयोग गर्न सबैलाई आग्रह गरेका छन्।

श्रमदान तथा सरसफाईका क्रममा फोहोर व्यवस्थापन तथा खानेपानीलगायत केही सामाग्री उपलब्ध गराई निराकार सरसफाई कम्पनीले सहयोग पुर्याइरहेको कम्पनीका बिर्तामोड शाखा प्रमुख रविन भट्टराईले जानकारी दिए। त्यस्तै आवश्यक खानेपानीलगायतको व्यवस्थापनमा होटल व्यवसायी बादल राईलगायतले सहयोग गरेका थिए। यसैगरी अभियानलाई श्रमदान सामाग्री प्राप्त हुनेक्रम बढीरहेको छ।

समाजका संयोजक हिमालयप्रकाश-भीममाया कन्दङ्वा र विष्णुप्रसाद यङहाङ टिसर्ट २०-२० वटा, चुडाकर्ण-रमला बेघा, मणीराज दंगाल, शंकर सेढाई,भूमादेवी घिमिरे, डिल्लीराम न्यौपाने, खगेन्द्र निरौला, पूर्णबहादुर इजम-दिलकुमारी लिम्बूले १०-१० वटा टिसर्ट, रेखा आङबुहाङ रु. ३,५०० बराबररको हाते ठेला, डम्बर नेम्बाङ १,५०० बराबरको बेल्चा तथा येहाङ लाबुङ ३ वटा फरुवा, इन्द्रकुमार जबेगूले १० वटा हसिया, ६वटा कर्मी, ५वटा काँटा, २ दर्जन पञ्जालगायत सामाग्री प्रदान गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here