बिर्तामोड ।

मानव अधिकार एलायन्सको २६ औं स्थापना दिवसमा वृद्धवृद्धालाई खाद्यान्न वितरण गर्दै मानव अधिकार स्थापनाको २६औं दिवस मनाएको छ ।
‘मानव अधिकार एलायन्स जिल्ला शाखा झापा’को आयोजनामा र विराट सामुदायिक सिकाइ केन्द्र, बिर्तामोड–३, सैनिकमोडको सहकार्यमा विशेष कार्यक्रम सम्पन्न भएको हो ।
सामाजिक उत्तरदायित्व अन्तर्गत भएको कार्यक्रममा स्थानीय वृद्धवृद्धाहरूलाई खाद्यान्न सामग्री हस्तान्तरण गरिएको थियो । कार्यक्रममा बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा पूर्व राष्ट्रिय सभा सदस्य हरिचरण शिवाकोटी, मानव अधिकार एलायन्सका केन्द्रीय सदस्य तथा कोशी प्रदेश इञ्चार्ज रुद्र सिटौला, परोपकार संस्थाकी अध्यक्ष विष्णु कार्की, एलायन्स झापाका जिल्ला अध्यक्ष अर्जुन पाठक, बिर्तामोड–३ का वडाध्यक्ष मदन बुढाथोकी, वडा सदस्य हरि बाँस्कोटा, सचिव एकेन्द्र उप्रेती, पूर्व जिल्ला अध्यक्ष प्रेमा भट्टराई, सचिवालय सदस्य कोशिस घिमिरे, नगर अध्यक्ष मेखबहादुर कटवाल, सिकाइ केन्द्रकी प्रतिनिधि चन्द्रा अधिकारी, कुमार बुढाथोकी, हिमाल मैनाली, राजु चाम्लिङ, नबिन बिमली लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नगर प्रमुख प्रसाईले समाजमा सम्मानका साथ बाँच्न पाउने अधिकार हरेक नागरिकको आधारभूत अधिकार भएको बताउँदै वृद्धवृद्धालाई सम्मान र संरक्षण गर्नु हाम्रो कर्तव्य भएको उल्लेख गरिन् ।
कार्यक्रममा परोपकार संस्थाकी अध्यक्ष विष्णु कार्कीले खाद्यान्न वितरण कार्यक्रमप्रति खुशी व्यक्त गर्दै संस्थाले स्थानीय वृद्धवृद्धालाई लक्षित गरी खाद्यान्न वितरण गर्नु सामाजिक उत्तरदायित्वप्रति गहिरो समर्पणको परिचायक भएको बताइन् ।
कार्यक्रमको सञ्चालन मानव अधिकार एलायन्सका केन्द्रीय सदस्य रुद्र सिटौलाले गरेका थिए ।





























