आस्था कलेजद्वारा खेलाडीलाई सम्मान

0
112

कमल ।

झापाको दमक ९ स्थित आस्था कलेज अन्तरगत एकता एकेडेमिले आज आफ्ना खेलाडीलाई सम्मान सहित नगर परिक्रम गराएको छ ।

हालै मलेशियमा सम्पन्न १६ वर्ष मुनिका क्रिकेट (अण्डर सिक्टीन) प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो टिमलाई विजयी हासिल गराउन सफल कलेजमा अध्यायनरत विध्यार्थी (खेलाडी)लाई सम्मान गरेको हो ।

आस्था कलेज कक्षा १२ मा अध्यायनरत विध्यार्थी सुमन बुढाथोकी र सुयोग भट्टराईलाई सम्मान गरिएको हो । हालै मलेसियामा सम्मन्न प्रतियोगितामा आफ्नो टिमलाई बिजयी गराउन सफल भई फर्किएका विध्यार्थी र प्रशिक्षकलाई कलेजले सम्मान गर्नुका साथै दमक नगर परिक्रमा गराएको थियो ।

दश वटा राष्ट्रका टिम सहभगीता रहेको प्रतियोगितामा फाईनलमा सिंङ्गापुरलाई पछि पार्दै नेपालले जीत हाँसिल गरेको थियो । जिल्ला अन्तरगत सञ्चालन भएका प्रतियोगितामा उतकृष्ट प्रदर्शन गरेर राष्ट्रिय टिममा छनौट भएका विध्यार्थीलाई आस्था कलेज अन्तरगत एकता एकेडेमीका शिक्षक तथा विध्यार्थीले सम्मान गर्नुका साथै हर्ष उल्लासका साथ दमक नगर परिक्रमा गराएका थिए ।

कलेजमा अध्यायनरत दुई जना विध्यार्थीले नेपाली टिमको प्रतिनिधीत्व गर्दै मलेशीयमा सम्पन्न क्रिकेट प्रतियोगितामा उतकृष्ट प्रदर्शन गरेका विध्यार्थीलाई सम्मान गरिएको हो । यस्ता सम्मान कार्यक्रमले कलेजमा सन्चालनहुने क्रिकेट लगायत अन्य खेलका विध्यार्थीलाई थप हौसला मिल्ने आस्था कलेजका क्याम्पस प्रमुख टिकाराम अधिकारीले बताए ।

कलेजले हाम्रालागी धेरै नै सहयोग गरेको छ । जसका कारणले हामी अन्तराष्ट्रिय स्तरको प्रतियोगित खेल्न सफल भएका छौ । तर अझै पनि खेल मैदानको अभावका कारण अभ्यास गर्न खेलाडीलाई समस्या भएको छ । यस तर्फ दमक नगरपालिकाले खेल मैदानको व्यवस्था मिलाउन सके हामी जस्ता खेलाडीलाई अभ्यास गर्न सहज हुने खेलाडीहरु बताउछन् ।

कलेजले क्रिकेट मात्र नभएर खेलकुदका अन्य विधाका खेलमा समेत विध्यार्थिहरलाई सहभागी गराउदै आउको छ । यसले विध्यार्थीलाई खेलकुदका क्षेत्रमा अगाडी बड्न धेरै हौसला मिलेको छ । आस्था कलेजका विध्यार्थीले यो पटकको क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै कलेजको मात्र नभएर देश कै नाम राख्न सफल भएको कलेजका अध्यक्ष बलभद्र कोईराला बताए ।

हालै मलेसियामा सम्पन्न अण्डर सिक्टीन क्रिकेट प्रतियोगितमा कलेजमा अध्यायनरत दुई जना विध्यार्थीलाईले उतकृष्ट प्रदर्शन गरेर नेपाललाई विजयी गराउन सफलहुनु भएको छ । खेलाडीलाई सबैको साथ र सहयोग भएमा भोलिका दिनमा अझ राम्रो प्रदर्शन गर्नेछन् । खेलाडीलाई कलेजले निःशुल्क पढाउनुका साथै प्रतियोगितामा सहभागी हुन जाँदा यातायात खर्च समेत व्यहोर्दै आएको आस्था कलेजका कार्यकारी निर्देक टेकनाथ भण्डारी बताए ।

आस्था कलेजले विध्यार्थीहरको चाहाना अनुसार विभिन्न विषयमा अध्यापन गराउदै छ भने खेलकुदका क्षेत्रमा समेत विध्यार्थीलाई सहभागी गराउदै आएको छ । कलेजमा अध्यायन सगै खेलकुदका क्षेत्रमा लागेका दुईजना विध्यार्थीले हालै मलेशियामा सम्पन्न अण्डर सिक्टीन क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै कलेजको मात्र नभएर देशकै नाम रोशन गर्न सफल विध्यार्थीलाई सम्मान गर्दै नगर परिक्रमा गराएको हो ।

यस्ता कार्यक्रमले खेलाडीलाई थप हौसला मिल्लने नै छ । तर अफै पनि खेलाडीलाई आवश्यक प्रशिक्षणकालागी खेल मैदान नभएका कारण खेलाडीले प्रशिक्षण गर्न सकि रहेका छैनन् यस तर्फ सम्बन्धित निकायले ध्यान दिएर खेलागीकालागी आवश्यक खेल मैदानमो व्यवस्था मिलान सके भोलिका दिनमा खेलाडीले आफु अध्यायनरत कलेज र देशको नाम राख्न सफल हुने थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here