लागूऔषधसहित पाँच जना पक्राउ

0
67

विराटनगर।

सुनसरी र झापाबाट लागू औषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरी र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले इनरुवा नगरपालिका ६ स्थितमा चेकजाँचको क्रममा ४१ ग्राम ४४ मिलिग्राम ब्राउन सुगर र नियन्त्रित औषधी तीन हजार ६ सय ९४ क्याप्सुल सहित इनरुवा ८ का ३४ बर्षीय मोहमद सफरुल र कोशी गाउँपालिका ५ का ४८ बर्षीय अशोक कुमार यादवलाई नियन्त्रणमा लिएको हो ।

त्यसैगरी अस्थायी प्रहरी चौकी बरगाछीले सोहि स्थानका २१ बर्षीय बिश्व लिम्बूलाई नियन्त्रित औषधी ९ सय ३० चक्की सहित र अस्थायी प्रहरी चौकी अमरहाटले धनकुटा साँगुरीगढी गाउँपालिका ४ का ३२ बर्षीय मनोज राईलाई चार किलोग्राम गाँजा सहित पक्राउ गरेको छ ।

झापाको बुद्धशान्ति गाउँपालिका ३ का २२ बर्षीय साजन मगरलाई ६ सय ३० मिलिग्राम ब्राउन सुगर सहित इलाका प्रहरी कार्यालय बुधबारेले पक्राउ गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here