बिराटनगर,

सुनसरीको इनरुवा नगरपालिका ७ स्थित ग्रीन सिटीको हाता भित्र मन्दिर निर्माण भइरहेको पाथीभरा माताको मन्दिरको प्रवेश स्थलमा नेपालको राष्ट्रिय झण्डा फहराइएको छ।
युवा सामाजिक अभियन्ता नेत्र प्रसाद चौलागाईले निर्माणाधीन पाथीभरा माताको मन्दिर नजिकै राष्ट्रिय गौरवको प्रतीक नेपाली झण्डा फहराएका हुन्।
माताको दर्शन गर्न आउजाउ गर्ने जो कोहीलाई पनि मंदर नजिकै राष्ट्रिय झन्डा फहराइरहेको देखेर राष्ट्रप्रतिको माया र प्रेमभाव जागृत हुने अभियन्ता चौलागाईले जानकारी दिए। राष्ट्रिय झण्डा सम्पूर्ण नेपालीको मान सम्मान एवं स्वाभिमानलाई प्रतिबिम्बित गर्ने उनले विश्वास व्यक्त गरे ।
भियन्ता चौलागाईको ‘एक इट्टा अभियान’ अन्तर्गत स्थानीय श्रद्धालुहरूको सहयोगमा ग्रीन सिटी भित्र मन्दिर निर्माण कार्य भईरहेको छ। करिव एक करोडको लागतमा मन्दिर निर्माण सम्पन्न हुनेछ।
मन्दिर संगसंगै उक्त ग्रीन सिटी भित्र २१० फिट अग्लो नेपालको झन्डा,सिटी भित्रै स्कुल,कलेज,अस्पताल, रिसोर्ट र सुपरमार्केट निर्माण हुनेछ। स्वच्छ र ठूलो पार्क,हरेक घरमा रुख हुने छ भने रेस्टुरेन्ट र स्विमिङपुल पनि रहनेछ।





























