फैसला कार्यन्वयनमा कोशी प्रदेश प्रहरीको सक्रियाता : ३ हजार ५१२ फरार प्रतिवादी पक्राउ

0
89

योगेन्द्र योगी
बिराटनगर,

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले फैसला कार्यन्वयनमा सक्रियाता देखाएसंगै ३ हजार ५१२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। प्रहरीले पिडितलाई न्याय दिलाउन, पीडकलाई कानुनी दयारामा ल्याउन सदैव सवल र सक्षम रहेको बताउदै एक बिशेष अभियान संचालन गरेर आर्थिक बर्ष २०८१/८२ मा ३ हजार ५१२ जना फरार प्रतिवादीलाई पक्राउ गर्न सफल भएको हो।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीका अनुसार झापामा ५३४,मोरङमा ११५६,सुनसरीमा १००२,इलाममा १४६ ,पाँचथरमा ४२,ताप्लेजुङमा ४८,धनकुटामा ५७,तेह्रथुममा ४५,भोजपुरमा ४४ र संखुवासभामा २८ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको बताए। यस्तै, उदयपुरमा २६०,ओखलढुंगामा ६९,सोलुखुम्बुमा १४, खोटाङमा ४५ र प्रादेशिक अनुसन्धान समूहबाट १३ जना गरी ३ हजार ५१२ फरार प्रतिवादी पक्राउ गरिएको प्रहरी नायव महानिरीक्षक कार्कीले बताए। पक्राउ परेका उनीहरुलाई १४२४ बर्ष कैद र १४ करोड ९६ लाख बढी राजश्व संकलन गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

पक्राउ पर्नेहरुमा १० वर्ष सजाय तोकिएका ४५ बर्ष देखि फरार भएका व्यक्ति समेत पक्राउ परेका छन्। अब अपराध गरेर लुकेर छिपेर बस्ने अवस्था नरहेको भन्दै प्रहरी नायव महानिरीक्षक कार्कीले प्रहरीले देशबाट वा विदेशबाट होस् पक्रउ गरेरै छाड्ने बताए। केहि समय अघि मात्र कर्तब्य ज्यान मुद्धाका फरार प्रतिवादीलाई इन्टरपोलको सहयोगमा कतारबाट पक्राउ गरी नेपाल ल्याउन सफल भएको उनले बताए।

जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नारायण प्रसाद चिमरियाका अनुसार अभियान नै संचालन गरेर फैसला कार्यान्यन गर्न प्रहरी निरिक्षकको नेतृत्वमा एउटा टिम नै गठन गरेर फरार अभियुक्तहरुको खोजतलास एबम पक्राउ गरी सम्बन्धित न्यायिक निकायमा बुझाई कैद र जरिवाना असुल गराउने कार्यलाई तीव्रता दिएको बताए।

त्यहिँ क्रममा गएको आर्थिक बर्षमा फौजदारी तर्फ ६९८ र देवानी तर्फ ४५८ जना गरी ११५६ जनलाई पक्राउ गरिएको एसपी चिमरियाले जानकारी दिए। ३३ बर्ष अघि फरार रहेका अभियुक्तलाई समेत पक्राउ गरी कानुनी दयारामा ल्याईएको उनले बताए।

उनले फरार अभियुक्तहरुलाई पक्राउ गर्दा समाजमा कानुनी राज्य भएको अनुभूति हुने गरेको बताउदै उनले आगामी दिनहरुमा पनि समाजमा घटनाघटाई फरार रहेकाहरुलाई पक्राउ गर्न कार्यलाई थप तीव्रता दिने बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here