झापा टोस्टमास्टर्स क्लबको अध्यक्षमा एकता

0
267

दिपक मित्तल

झापा । झापा टोस्टमास्टर्स क्लबको अध्यक्षमा एकता बंशल चयन भएकी छिन् । बिर्तामोडस्थित होटल किङ्ग्सबेरीमा आयोजित कार्यक्रमका बीच उनी अध्यक्षमा चयन भएकी हुन् । प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीको प्रमुख आतिथ्य तथा क्लवका अध्यक्ष मनोज गोयलको सभापतित्वमा कार्यक्रम भएको थियो । वंशलको अध्यक्षतामा क्लव पुर्नगठन भएसंगै पदस्थापन समेत सम्पन्न भएको छ ।

कार्यक्रममा निवर्तमान अध्यक्ष गोयलले अध्यक्षको व्याच नव नियुक्त अध्यक्ष बंशललाई हस्तान्तरण गर्दै पदस्थापन गरेका थिए । उनले सो समारोहमा चेन हस्तान्तरण गरेका थिए । नव निर्वाचित कार्यसमितिलाई डिभिजन डाइरेक्टर सरोज ताम्राकारले पद तथा गोपनीयताको सपथ गराएका थिए ।

नयाँ समितिका पदाधिकारीहरुमा उपाध्यक्ष शिक्षातर्फ जान्भी खेडिया, उपाध्यक्ष सदस्यतातर्फ पुष्पाञ्जली ठकुरी सिन्हा, उपाध्यक्ष जनसम्पर्कतर्फ अनिल अधिकारी, सचिव विनिता गोयल, कोषाध्यक्ष संकेत वंशल, सर्जेन्टआर्मसमा भिक्टर इग्नसियस जोसेफ चयन भएका थिए । ताम्राकारले प्रत्येक पदाधिकारीलाई आफ्‌नो जिम्मेवारीप्रति प्रतिबद्धता व्यक्त गराएका थिए ।

अध्यक्षको सपथ पछि वंशलले नेतृत्व ग्रहण गर्दै क्लबलाई अझ सशक्त, समावेशी र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेकी छिन् । कार्यक्रममा नयाँ कार्यसमितिको परिचय अन्जु प्रधानले गराएकी थिइन् भने स्वागत सचिव विनिता गोएलले गरेकी थिइन् ।

कार्यक्रममा प्रमुख जिल्ल अधिकारी सहित टोष्टमास्टर्स क्लबका क्षेत्रीय निर्देशक सन्ध्या राठी, क्षेत्रीय निर्देशक अञ्जु प्रधान, झापा अध्यक्ष एकता वंशल, डिभिजन डाइरेक्टर ताम्राकार लगायतले सम्बोधन गरेका थिए ।

कार्यक्रममा नव प्रवेशी टोस्टमास्टर्सहरु दीपा खेडिया, चञ्चल जोधानी, रेखा वंशल, बोधराज रिजाल, सिद्धार्थ नविन उप्रेती र बाप्पा साहलाई साक्षात्कार गराइएको थियो ।

कार्यक्रममा डिस्टिङ्गुइस्ट टोस्टमास्टर्स सुमन शाक्यलगायत सहभागी थिए । कार्यक्रममा सहभागीहरुलाई उपाध्यक्ष पुष्पाञ्जली ठकुरी सिन्हाले धन्यवाद दिएकी थिइन् ।

टोस्टमास्टर्स इन्टरनेशनल एक विश्वव्यापी गैर नाफामुखी संस्था हो जसले व्यक्तित्व विकास, सञ्चार कला तथा नेतृत्व क्षमता अभिवृद्धिका लागि सन् १९२४ देखि काम गर्दै आएको छ। १४० भन्दा बढी देशमा १६ हजारभन्दा बढी क्लबहरू मार्फत सञ्चालित यस संस्थामा विश्वभर लाखौं सदस्य आबद्ध छन्। नेपालमा समेत पछिल्ला वर्षहरूमा यसको लोकप्रियता बढ्दो छ। समारोहमा विभिन्न संघ संस्थाका प्रतिनिधि, क्लब सदस्य तथा अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here