योगेन्द्र योगी
बिराटनगर,

मोरङमा ९८ जनाले त्यागे नेपाली नागरिकता त्याग गरेका छन्। जिल्ला प्रशासन कार्यालय मोरङले आर्थिक वर्ष २०८१/८२ मा वंशजको आधारमा २७ हजार १ सय २१ जना जनाले नागरिकता प्रमाणपत्र लिएको जनाएको छ।
कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रगति प्रतिवेदन अनुसार एक वर्षको अवधिमा ९८ जनाले नेपाली नागरिकता त्यागेका छन् भने ८ जनाको नागरिकता रद्ध भएको जनाएको छ। १ हजार १२३ जनाले वैवाहिक अङ्गीकृत नागरिकता प्राप्त गरेको,२६ हजार ४ सय २६ जनाले नागरिकताको प्रतिलिपि लिएको र ११२ जनाले गैरआवासीय नागरिकता लिएको जनाएको छ।
बार्षिक प्रतिवेदन अनुसार ७८ हजार ६ सय ८८ जनाको राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गरिएको छ । २६ हजार ९ सय २५ जनालाई राष्ट्रिय परिचयपत्र विवरण गरिएको जनाएको छ । राहदानी तर्फ एक वर्षको अवधिमा २८ हजार ६ सय ३३ सिफारिस गरिएको छ भने ३१ हजार १ सय ६१ वटा राहदानी वितरण गरिएको कार्यालयले जनाएको छ।
विपद् पिडितलाई आर्थिक सहायतामा २४ लाख ३९ हजार रकम खर्च गरेको प्रशासन कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ। यस्तै चालु आर्थिक बर्षमा ३६० मुद्दा दर्ता भएको छ भने ४७७ वटा मुद्दा फछ्र्याैट भएको छ । गत आर्थिक वर्षको ४३५ वटा थियो भने ३२७ फछ्र्याैट भएको थियो।
कार्यालयमा ९९३ ठाडो उजुरी दर्ता भएकोमा सबै फछ्र्याैट भएको छ। कार्यालयले सोही अवधिमा आय तर्फ हातहतियारबाट ९ लाख ४३ हजार ७५०, राहदानी दस्तुरबाट ११ करोड १२ लाख ६३ हजार र अन्य प्रशासनिक सेवा शुल्कबाट १२ लाख ४९ हजार, प्रशासनिक दण्ड, जरिमाना र जफतबाट ११ लाख ७३ हजार आम्दानी गरेको जनाएको छ।
व्यय तर्फ चालु खर्च ४ करोड ११ लाख ६१ हजार ३९, पुँजिगत २१ लाख ४४ हजार ८०१ र राष्ट्रिय परिचय पत्र कार्यक्रममा १७ लाख ९५ हजार १६७ खर्च गरेको छ।






























