महिला उद्यमी समूहद्वारा नेतृत्व विकास सम्वन्धि प्रशिक्षण

0
144

झापा, बिर्तामोड उद्योग वाणिज्य संघ अन्तरगत रहेको महिला उद्यमी समूहको आयोजनामा दुई दिवसीय नेतृत्व विकास सम्वन्धि प्रशिक्षण शुरु भएको छ ।
बिर्तामोड उद्योग वाणिज्य संघको सभाहलमा शुरु भएको प्रशिक्षणकोसंविधान सभा सदस्य सुधीरकुमार शिवाकोटीले उद्घाटन गरेका छन् ।
महिला उद्यामी समूहकी अध्यक्ष राधिका चुडाल हुमागाईको अध्यक्षतामा भएको प्रशिक्षणमा ४० जना भन्दा धेरै महिला उद्यमी व्यवसायीको सहभागीता रहेको थियो । कार्यक्रममा महिला उद्यमी समूहकी निर्वतमान अध्यक्ष तीलोतमा खत्रीले स्वागत गरेकी थिइन् ।
कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने स्मार्ट लेडीकी अध्यक्ष यशोद उप्रेती, चित्रकला ओली लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सहजीकरण लीला अनमोल र चित्रकला ओलीले गर्ने कार्यक्रम रहेको छ ।
कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघकी सदस्य सुशीला कार्की, झापा नाट्य समूहकी मुना प्रसाई लगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रमको सञ्चालन महिला उद्यमी समूहकी महासचिव लीला अनमोलले गरेकी थिइन् ।

यसैबीच महिला उद्यमी समूहमा गीता राजवंशी, प्रभा भण्डारी, तारा वस्नेत , सन्तोषी सिंह ठकरी लगायतलाई स्वागत गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here