झापा,

झापामा करिब १८ सय जनालाई डेंगु संक्रमण भएको देखिएको छ ।
त्यसमध्ये जिल्लामा सबैभन्दा बढी बिर्तामोडमा डेंगुका बिरामी देखिएका छन् ।
स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन युवनाथ बरालका अनुसार बैशाख १ गतेदेखि साउन ५ गतेसम्म जिल्लामा डेंगु सङ्क्रमितहरूको सङ्ख्या १ हजार ७९८ पुगेको हो ।
त्यसमा बिर्तामोडमा सबैभन्दा बढी ९३२, त्यसपछि दमकमा ५३६ र बुद्धशान्तिमा २३२ जना रहेका छन् ।
साउन ५ गते एकैदिन ३ जनामा डेंगु पुष्टि भएको थियो । यस वर्ष झापामा डेंगु सङ्क्रमणबाट एकजनाको मृत्यु भइसकेको छ ।































