कोशीमा लागू औषधमा संलग्न व्यक्ति “कि जेलमा कि सुधार गृहमा” अभियान : १९८५ जना पक्राउ

0
85

योगेन्द्र योगी
बिराटनगर,

लागू औषध कारोबारी गर्ने माथि आक्रमक रुपमा प्रस्तुत भएको प्रहरीले १ हजार ९ सय ८५ जनालाई पक्राउ गरेको छ। कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले सर्वजानिक गरेको आर्थिक वर्ष २०८१/०८२ प्रतिवेदनमा चरेश, अफिम, ब्राउनसुगर र बिभिन्न मनोदिपक औषधी सहित बेचबिखन तथा ओसार पसारमा संलग्न १ हजार ९ सय ८५ जनालाई पक्राउ गरेको हो।

लागूऔषधको प्रयोग, बेचबिखन तथा ओसार पसारमा संलग्न रहेका व्यक्ति कि जेलमा कि सुधार गृहमा भन्ने उद्धेश्यका साथ कोशी प्रदेशमा बढ्दो लागू औषधको प्रयोग, वेचबिखन तथा ओसारपसारलाई नियन्त्रण गर्न आक्रमकरुपमा परिचालन भएको जिल्ला प्रहरी कार्यालय झापाले चरेश १ ग्राम ५६० मिलिग्राम, ब्राउन सुगर २ किलो ८८२ ग्राम ४६८ मिलिग्राम, विभिन्न मनोदिपक औषधी ६३ हजार ५६० वटा चक्की / क्यापसुल, एम्पुल ३९ वटा बरामद गरेको जनाएको छ।

यस्तै,जिल्ला प्रहरी कार्यालय मोरङले १ किलो ७७० ग्राम ८३ मिलिग्राम ब्राउन सुगर, विभिन्न मनोदिपक औषधी ८० हजार ९२३ वटा चक्की / क्यापसुल, एम्पुल १ हजार ४८५ वटा, जिल्ला प्रहरी कार्यालय सुनसरीले चरेश २ ग्राम २८ मिलिग्राम, ७२८ ग्राम ५३९ मिलिग्राम ब्राउन सुगर, विभिन्न मनोदिपक औषधी ४ लाख २८ हजार ६८३ वटा चक्की / क्यापसुल, एम्पुल ३१८ वटा बरामद गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

यसैगरी यस आर्थिक वर्षमा कोशी प्रदेश अन्तरगत रहेका जिल्ला प्रहरी कार्यालयहरुबाट परिचालन भएको प्रहरी टोलीले चरेश ३ ग्राम ५ सय ८८ मिलिग्राम, अफिम १५ ग्राम ७ सय ७० मिलिग्राम, ब्राउन सुगर ५ किलो ४ सय ८९ ग्राम, बिभिन्न मनोदिपक चक्की / क्यापसुल ६ लाख १५ हजार ७९ वटा, मनोदिपक एम्पुल २ हजार ६ सय ५४ वटा र अन्य विभिन्न मनोदिपक औषधी १ सय ९ वटा बरामद गरेको छ भने ओसार पसार तथा वेचबिखनमा संलग्न १ हजार ८ सय ८८
जना पुरुष र ९७ जना महिलालाई पक्राउ गरी कानूनी दायरामा ल्याएको छ ।

प्रदेश प्रहरी लागूऔषधको प्रयोग तथा ओसार पसारलाई नियन्त्रण तथा निरुत्साहित गर्न बिभिन्न किसिमको रणनिति सहित आक्रमक रुपमा अगाडि बढेको छ । लागू औषधको प्रयोगले मानविय जीवनमा नकारात्मक असर पुग्नुका साथै समाज र राष्ट्रलाई समेत यसले दिर्घकालिन रुपमा ठूलो क्षती पुऱ्या गरेको जनाएको छ।

लागूऔषधको प्रयोगका कारण समाजमा हत्या, लुटपाट, चोरी लगायतका बिभिन्न प्रकारका अपराधिक घटना घट्ने सम्भावना ज्यादै हुने भएकोले यसको प्रयोग तथा ओसार पसारलाई नियन्त्रण तथा निरुत्साहित गरी सामाजमा शान्ति सुरक्षा व्यवस्था प्रभावकारी बनाउन कोशी प्रदेश प्रहरी सवल र सक्षम रहेको छ ।

लागू औषधको प्रयोग तथा ओसार पसार कानूनद्वारा बर्जित कार्य हो भन्ने जानकारी हुँदा हुँदै पनि यसको प्रयोग, बेचबिखन तथा ओसार पसारमा संलग्न व्यक्ति वा समुहलाई निर्ममता पुर्वक कानूनी दायरामा ल्याउन कोशी प्रदेश प्रहरीले प्रभावकारीरुपमा प्रहरी परिचालन गरेको छ ।

कोशी प्रदेशमा बढ्दो लागू औषधको प्रयोग, वेचविखन तथा ओसार पसारलाई नियन्त्रण तथा निरुत्साहित गर्न प्रहरीले लोकमार्ग तथा भित्रि सडक खण्डहरुमा चेकजाँज, सिमा नाका तथा संकित स्थानहरुमा प्रहरी कुकुर सहितको चेकजाँच, संकित व्यक्ति, यात्रुवाहक तथा मालवाहक सवारी साधनको चेकजाँच,सिमावर्ती भारतिय नाकाहरुमा कडाईका साथ प्रहरी परिचालन गरी लागू औषधको ओसार पसार, बिक्रि वितरण तथा भण्डारण गर्ने व्यक्तिहरुलाई पक्राउ गरी कडाईका साथ कनूनी दायरामा ल्याउदै आएको छ ।

चेकजाँचमा कडाई भएकै कारण मलद्वार तथा शरिरको बिभिन्न भागमा लुकाएर लागू औषध ओसार पसार गर्ने व्यक्तिलाई पक्राउ गर्न तथा ठुलो परिमाणमा लागू औषधको कारोवारी गर्ने गिरोहलाई गोली प्रहार गरेर नियन्त्रणमा लिन कोशी प्रदेश प्रहरी सफल भएको छ ।

लागू औषधको प्रयोग, वेचविखन तथा ओसार पसार नियन्त्रणको लागी प्रहरीको बिभिन्न प्रयासहरुमा साथ र सहयोग प्रदान गर्न हुन तथा त्यस्ता गतिविधि भए गरेको थाहा पाउनासाथ नजिकको प्रहरी तथा प्रहरी कन्टोलको नम्वर १०० मा फोन गरी सूचना दिन आम नागरिकहरुमा कोशी प्रदेश प्रहरी अपिल पनि गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here