बिर्तामोड ।

झापाको बिर्तामोडमा धानको बीऊ उखाल्ने क्रममा बेहोस भएर ढलेका एक ब्यक्तिको मृत्यु भएको छ ।
बिर्तामोड नगरपालिका–६, बुट्टाबारीस्थित खेतमा धानको बीऊ उखाल्ने क्रममा स्थानिय ५६ वर्षीय हेमप्रसाद रिजाल शनिबार खेतमा काम गर्ने क्रममा अचानक बेहोस भएर ढलेका थिए।
आफन्तजनले उनलाई तत्कालै उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल ल्याएका थिए। तर, अस्पताल ल्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
रिजालको शव पोस्टमार्टमका लागि लगिएको भद्रपुर पठाइएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
झापामा केहीदिनदेखि अत्याधिक रुपमा गर्मी बढेको छ ।































